दाङ २ मा एमाले महासचिव शंकर पोखरेलाई हराउँदै माओवादीकी रेखा शर्मा विजयी

File Photo
File Photo

नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । उनलाई दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन् । 

पोखरेल करिब २ सय मतान्तरले पराजित भएको बताइएको छ । औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी नै छ ।

एमालेमा पराजित हुने शंकर पोखरेल अर्को ठूला हस्ती हुन् । यसअघि काठमाडौैं ५ मा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित भएका थिए । 

 


 

प्रकाशित मिति: : 2022-11-24 10:42:00

प्रतिकृया दिनुहोस्