सुर्खेत २ (ख) मा माओवादी उम्मेदवार विन्दमान विष्ट निर्वाचित

File photo
File photo

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २  प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन्।उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे।

३१ हजार ६८२ मत खसेकोमा विष्टले १३ हजार ९०९ मत पाए। एमालेका गौतमको पक्षमा ९ हजार ३३४ मत आएको छ। एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २१४ मत ल्याए।

यो उनको दोस्रो जित हो।

प्रकाशित मिति: : 2022-11-24 18:01:00

प्रतिकृया दिनुहोस्