बारा–३ मा प्रतिनिधिसभा सदस्यमा ज्वाला साह निर्वाचित

File Photo
File Photo

बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिसिसभा सदस्यमा एमालेका ज्वालाकुमार साह निर्वाचित भएकी छिन्।

एमाले पोलिटव्युरो सदस्यसमेत रहेकी साह २ हजार ९८२ मतको फराकिलो मतान्तरले निर्वाचित भएकी हुन्।

पूर्वमन्त्री समेत रहेकी साहले २० हजार २५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी रामबाबुकुमार यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन्।

जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष समेत रहेका यादव ०७४ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद हुन्। यादवलाई पराजित गरेकी साह भने ०७४ को निर्वाचनमा ३(१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन्।

यस क्षेत्रमा गठबन्धनबाट लोकतान्त्रिक समाजवादीका लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गरेका छन्। त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गरेकी हुन्।

साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद हुन्। मधेस प्रदेशको सबै जिल्ला र क्षेत्रमा तालमेल गरेको एमालेले बारा ३ मा भने जसपासंग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गर्दै साहलाई उम्मेदवार बनाएको थियो।

प्रकाशित मिति: : 2022-11-25 07:39:00

प्रतिकृया दिनुहोस्