उचाइ: पारिवारिक फिल्म पारखीहरुकाे लागि विशेष प्याकेज

BreaknLinks
BreaknLinks

पारिवारिक र सम्पूर्ण परिवार एकैसाथ बसेर हेर्न मिल्ने दर्शनीय सिनेमाको निर्माण गर्ने राजश्री प्रोडक्सनले सन् १९६४ मा अटुट मित्रताको कथामा आधारित ‘दोस्ती’को निर्माण गरेको थियो, जो अत्याधिक सफल हिन्दी सिनेमा मध्य एक हो। हाल यसै निर्माण संस्थाले मित्रताको कथामा अर्को सिनेमा ‘उचाइ’को निर्माण गरेको छ, जो केही हफ्ताअघि रिलिज भएको हो।

चार मित्रहरुमध्ये एक मित्रको एभरेस्ट बेस क्याम्पमा आफ्नो जीवन उत्सर्ग गर्ने इच्छालाई मूर्तरुप दिन अन्य तीन मित्रहरुले दिएको साथ्, त्याग र विजय यो सिनेमाको मूल कथा हो। अर्को शब्दमा अटुट मित्रता भयो भने जुन उच्च स्थानलाई पनि विजय हासिल गर्न सकिन्छ त्यो चाहे सगरमाथाको उचाइ नै किन नहोस ?

सिनेमाको कथाअनुसार चार प्राैढ मित्र अमित श्रीवास्तव (अमिताभ बच्चन), ओम शर्मा (अनुपम खेर), जावेद सिद्दीकी (बोमन ईरानी) र भूपेन (डैनी डेन्जोंगपा) एक अर्कालाई निकै स्नेह राख्छन। भुपेनको अचानक निधन भएपछि उसको एभरेस्ट बेस क्याम्प जाने र त्यही जीवन उत्सर्ग गर्ने इच्छालाई मूर्तरुप दिन र भूपेनको अस्तु बिसर्जन गर्न बाँकी तिन मित्र एभरेस्ट बेस क्याम्पको कठिन यात्रामा अगाडि बढछन्।

कथाको सुरुवात भारतदेखि काठमाडौँसम्मको सडक यात्रा र काठमाडौँदेखि एभरेस्ट बेस क्याम्पको ट्रेकिङ्ग हुन्छ। यसैबीच अमित श्रीवास्तव अचानक बिमारी हुन्छन र उनलाई ट्रेकिङ्ग गाइड श्रद्दा गुप्ता (परिणति चोपडा)ले ट्रेकिङ्गमा लैजान अस्वीकार गर्छिन तर उनीहरुको जिद्दीको अगाडि गुप्ताको केही लाग्दैन र ट्रेकिङ्ग यात्रा अगाडि बढ्छ। उनीहरुको यात्रामा कस्ता उतार/चढाब आउँछ त्यसको मज्जा लिन सिनेमा नै हेर्नुपर्छ।

अभिनयको विषयमा सम्पूर्ण कलाकारहरुको अभिनय उत्कृष्ट छ। कथालाई अगाडि बढाउन माला द्वीबेदी (सारिका), सबिना सिद्दीकी (निना गुप्ता) र अभिलासा श्रीबास्तब (नफिसा अलि) जस्ता दिग्गज र पुराना अभिनेत्रीहरुको पनि साथ् लिइएको छ, जसको अभिनयमा खोट लगाउने कुनै ठाउँ नै छैन। अन्य कलाकारहरु सामान्य छन्। यस्ता उच्चस्तरका कलाकारहरुको अगाडि पनि आफ्नो उपस्थिति देखाउन सक्नु परिणति चोपडाको अभिनय क्षमता को बारेमा तारिफ गर्न कुनै कन्जुस्याइँ गर्नु पर्दैन।

निर्देशक सुरज बड़जात्याले राजश्री प्रोडक्सनको परम्पराअनुसार एउटा दर्शनीय सिनेमाको निर्माण गरेका छन्, जसलाई जति तारिफ गरे पनि पुग्दैन। सिनेमामा एभरेस्टको सुन्दर दृश्यलाई आफ्नो क्यामरामा कैद गर्ने मनोज कुमार र कर्णप्रिय संगीत दिने अमित त्रिवेदी तारिफ गर्न लायक छन् तर राजश्रीको अन्य सिनेमाको जस्तो कर्णप्रिय सङ्गीत यो सिनेमामा भने छैन।

नेपालको दृश्यमा अभिनय ग  अमिताभ बच्चन बास्तविक नभएर उनी जस्तै (लुक अ लाइक) हुन् भने अन्य कलाकारहरु बास्तविक नै हुन्। तपाईं पारिवारिक हिन्दी सिनेमाको पारखी हुनुहुन्छ भने यो सिनेमा एक पटक अपश्य हेर्नुहोला।

ट्रेलर:

प्रकाशित मिति: : 2022-11-26 08:15:00

प्रतिकृया दिनुहोस्