बिएल संवाददाता
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्त (एक्विजिसन) गरेर एकीकृत कारोबार गरेको झन्डै साढे तीन महिनापछि यसले दुई बैंकका सहायक कम्पनीहरू पनि गाभिने भएका छन्।
नबिल इन्भेष्टमेन्ट बैंकिङ र नेपाल बंगलादेश क्यापिटलले यसलाई अन्तिम रुप दिन विशेष साधारणसभा बोलाएको छ। मंसिर २ गत बसेको सञ्चालक समितिले यहीँ मंसिर १८ गते बस्ने गरि विशेष साधारणसभा डाकेको हो। सञ्चालक समितिको प्रस्तावअनुसार सेयर आदानप्रदान अनुपात (सेयर स्वाप रेसियो) १:०.२७ को आधारमा गाभ्ने छ।
नबिल इन्भेष्टमेन्ट बैंकिङले एनबी क्यापिटललाई प्राप्त गर्ने सम्बन्धमा कम्पनीको सञ्चालक समिति एवं संयुक्त मर्जर समितिद्वारा नियुक्त, दायित्व तथा कारोबारको मूल्यांकनकर्ता, लेखापरीक्षकको नियुक्ति तथा भुक्तानी, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्तिम सम्झौतापत्रलगायतका सबै कामलाई अनुमोदन गर्न विशेष साधारणसभा बोलाइएको बैंकले जानकारी दिएको छ।
मर्जरको लागि नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले एकै दिन छुट्टाछुट्टैरुपमा बिशेष साधारण सभाको आब्हान गरेको छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया