बिएल संवाददाता
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्त (एक्विजिसन) गरेर एकीकृत कारोबार गरेको झन्डै साढे तीन महिनापछि यसले दुई बैंकका सहायक कम्पनीहरू पनि गाभिने भएका छन्।
नबिल इन्भेष्टमेन्ट बैंकिङ र नेपाल बंगलादेश क्यापिटलले यसलाई अन्तिम रुप दिन विशेष साधारणसभा बोलाएको छ। मंसिर २ गत बसेको सञ्चालक समितिले यहीँ मंसिर १८ गते बस्ने गरि विशेष साधारणसभा डाकेको हो। सञ्चालक समितिको प्रस्तावअनुसार सेयर आदानप्रदान अनुपात (सेयर स्वाप रेसियो) १:०.२७ को आधारमा गाभ्ने छ।
नबिल इन्भेष्टमेन्ट बैंकिङले एनबी क्यापिटललाई प्राप्त गर्ने सम्बन्धमा कम्पनीको सञ्चालक समिति एवं संयुक्त मर्जर समितिद्वारा नियुक्त, दायित्व तथा कारोबारको मूल्यांकनकर्ता, लेखापरीक्षकको नियुक्ति तथा भुक्तानी, सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा अन्तिम सम्झौतापत्रलगायतका सबै कामलाई अनुमोदन गर्न विशेष साधारणसभा बोलाइएको बैंकले जानकारी दिएको छ।
मर्जरको लागि नेपाल बंगलादेश क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले एकै दिन छुट्टाछुट्टैरुपमा बिशेष साधारण सभाको आब्हान गरेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया