बिएल संवाददाता
लमजुङमा समानुपातिक मतगणनाको नतिजाअनुसार एमाले पहिलाे र कांग्रेस दोस्रो दलको रुपमा रहने भएकाे छ।
माओवादी केन्द्रको मत जिल्लामा करिब साढे छ हजार प्राप्त गरी तेस्रो स्थानमा रहेको पाइएको छ।
जिल्ला निर्वाचन कार्यालयले जारी गरेको अन्तिम मतगणना परिणामअनुसार नेकपा एमालेले ३१ हजार १७८ मत ल्याएको छ।
नेपाली कांग्रेसले २७ हजार ७९६ मत र माओवादी केन्द्रले छ हजार ४८३ मत ल्याएको देखिन्छ।
जिल्लामा क्रियाशील रहेको अन्य दलमा रास्वपाले आठ हजार २१७ मत, राप्रपाले दुई हजार ३०८ मत, नेकपा (एस)ले ५९२ मत पाएको छ भने नेसनल मंगोल अर्गनाइजेशनले ४९७ मत र जसपाले २६१ मत पाएको देखिन्छ। यसैगरी नेपाली कांग्रेस(विपी)ले २१ मत पाएको छ।
त्यसैगरी, ५० मतभन्दा बढी पाउनेमा आमूल परिवर्तन मसिहा पार्टी ७९ मत, नेकपा(समाजवादी/दलित पार्टी) ६९, जनमत पार्टी ६८ मत र राष्टिय जनमुक्त पार्टीले ५० मत पाएको छन्।
समानुपातिकतर्फ कुल ४७ पार्टी चुनाव लडेकोमा यस जिल्लामा मत संख्या शून्य हुनेमा मितेरी पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र पिछडा वर्ग निसाद दलित जनजाति पार्टी गरी तीन रहेका छन्।
प्रत्यक्षतर्फ उम्मेदवार उठाएका दुई दल नेपाल मजदुर किसान पार्टीले १९ मत पाएको छ । त्यस्तै, कमल थापाको राप्रपाले १० मत ल्याएका छन्।
यसअघिका निर्वाचनमा दुई सयभन्दा बढी मत ल्याउने गरेको नेकपा(माले) पनि यसपटक ४३ मा खुम्चिएको छ। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ४६ मत पाएको छ।
राष्ट्रिय जनमोर्चाले ३६ मत ल्याएको छ। नेपाल कम्युनिष्ट पार्टीले र विवेकशील साझा पार्टीले ८/८ मत ल्याएका छन्।
नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले ७ मत तथा नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी(पुष्पलाल)ले ३ मत पाएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया