ध्रुब बस्याल
थापाथलीको सुकुम्बासी बस्तीका स्थानीयबासीहरू घरेलु हात–हतियारसहित प्रदर्शनमा उत्रिएका छन्।
काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा सोमबार दिउँसो डोजर चलाएपछि उनीहरू आक्रोशित भएका हुन्।
स्थानीयबासी र प्रहरीबीच सामान्य झडप हुँदा बागमती छेउको सुकुम्बासी बस्ती रणभूमि बनेको छ।
वैकल्पिक व्यवस्थाबिनै बस्ती हटाउन खोजेको भन्दै सुकुम्बासीहरूले महानगरको टोली र प्रहरीमाथि ढुंगामुढा गरेका छन्। उनीहरूले बस्ती भत्काउन हिँडेको महानगरको डोजर रोकेर नाराबाजी गरिरहेका छन्।
‘गृहमन्त्री राजीनामा दे’, ‘बालेन शाह हाम्रो भोट फिर्ता गर’जस्ता नारा घन्काउँदै स्थानीयहरू प्रदर्शनमा उत्रिएका हुन्।
सोमबार साँझसम्म महानगरको ज्यादती नरोकिए देशभर आन्दोलन गर्ने स्थानीयहरूले चेतावनी दिएका छन्। मेयर बालेन शाहले सुकुम्बासीको मुटुमाथि लात हानेको उनीहरूको दुःखेसो छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया