
बिमला गुप्ता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अहिले देशैभर विभिन्न कार्यक्रम तथा र्यालीको आयोजना गरी मनाइदै छ। सोही अभियान अन्तर्गत सोमबार पर्साको सखुवाप्रसौनी गाउँपालिकामा पनि महिला हिसां विरुद्ध र्याली तथा सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाको ग्रामिण भेग श्रीपुर पचगाँवा गाउँमा 'सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान' भन्ने नाराका साथ सो र्याली सम्पन्न भएको हो।
महिला केन्द्र नेपालको आयोजना भएको सो सचेतना मुलक र्यालीमा गाउँपालिकाकी महिला सदस्य लगायत ७० जना दलित तथा अन्य समुदायका स्थानीय महिला, पुरुष र किशोरीहरुको सहभागीता रहेको थियो।
समाजमा रहेका कतिपय मानिसहरु अझै रुढिवादी परम्परा मै अल्झिरहेका छन्। यस्ता परम्परा तथा विकृतिहरुको शिकार विशेष गरी महिलाहरु नै हुने गरेकाले यसप्रति सचेत गराउनका लागी र्यालीको आयोजना गरीएको आयोजक संस्था दलित महिला केन्द्र नेपालकी लैगिक विमर्शकर्ता निला रामले बताइन्।
र्यालीमा सहभागी गाउँपालिकाकी दलित महिला सदस्य झप्सी देवी दुसादिनले समयको परिवर्तनसंगै महिला हिंसाको घटनामा कमि आएको बताउँछिन्।
६० वर्षीय दुसादिनका अनुसार आफूहरुको पालामा अहिले जस्तो महिलाहरुले हिंसा विरुद्ध आवाज उठाउन सक्ने अवस्था थिएन। अहिलेका महिलाहरु सचेत हुँदै गएका छन् तर परिवार र समाजमा रहेको केही रुढिवादी सोचका कारण अझै महिलाहरु पीडित छन्।
दलित समुदायकी मुखिया समेत रहेकी झप्सी देवीका अनुसार अहिले पनि आफूहरुको समाजमा बालबालिकाहरुको २० वर्ष नपुग्दै सानै उमेरमा विवाह गरिदिँदा बालिकाहरुले शारिरीरक तथा मानसिक समस्या सहनुपरेको बताइन्।
'माइबाबुले छोरीहरुको सानै उमेरमा विवाह गरिदिन्छन् अनि सानै उमेरमा छोरीहरु आमा बन्न पुग्छन, जसले गर्दा अकाल मृत्यु हुने सानै उमेरमा पाठेघरको समस्या हुन्छ ,‘ उनले भनिन्,‘ दाइजो प्रथाले गर्दा पनि कति धेरै सम्बन्ध विच्छेदको घटनाहरु भइरहेका छ।'
र्यालीमा सहभागी ५० वर्षिय निर्मला देवी बनियाले अहिले यसरी भइरहेको सचेतना मुलक अभियानले महिलाहरुको जिवनस्तरमा धेरै सकारात्मक परिवर्तन आएको बताउँछिन्।
आफूहरु बुहारी भएर आउँदा सासुससुरा श्रीमान समाज सबैको बन्देजमा बस्नुपर्ने अवस्था थियो तर अहिलेका छोरी बुहारीहरुलाई पहिले जस्तो बन्देज नभएको उनले बताइन्।
'अहिले त महिलाहरुलाई सरकारले धेरै अधिकार दिएको छ, पहिले त श्रीमानहरुले पिट्दा गाली गर्दा पनि महिलाहरुले सहेर बस्नु पथ्यो तर अब कोहीँ महिला सहदैनन्,‘ उनले भनिन्,‘ देहातका महिलाहरु पनि अब जागरुक भइरहेका छन्। '
स्थानीय सरकार आएसंगै महिला जनप्रतिनिधिले गर्दा स्थानीय महिलाहरुलाई हिंसा सम्बन्धि आवाज उठाउन सहज भएको छ। गाउँ गाउँमा महिला नेतृहरुले गर्दा घर भित्रका महिलाहरुलाई आफ्नो कुरा राख्न सहज भएको छ। अहिले हिंसामा परेका अधिकांश महिलाहरु प्रहरी प्रशासनमा पुग्न कसैको डर मान्दैनन्। जसकारण पुरुषहरु कुटपिट गर्न डराउने गरेको महिला बताउँछन्।
यता र्यालीमा सहभागी दलित अभियन्ता गणेश रामले पहिलेको तुलनामा कुटपिटको घटनामा कमि आएपनि छोराछोरीको विभेद अझै यथावत रहेको बताए।
उनका अनुसार अझै दलित समुदायमा छोरालाई विद्यालय पठाउने र छोरीलाई घरको काममा लगाउने जस्ता लैगिंक हिंसाका घटना छन्।
दाइजो प्रथाको विरुद्धमा शिक्षित वर्गले बाहिरी रुपमा बहिस्कार गरे पनि आन्तरिक रुपमा यसमा कुनै कमि नआएको उनले बताए। यसप्रति राज्यले कडा नियम कानुन नबनाए यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न नसकिने राम बताउँछन्।
वर्षमा एक पटक १६ दिने अभियानमा मात्र नभई स्थानीय सरकारमा रहेका जनप्रतिनिधहरुले समय समयमा यस्ता जनचेतना मुलक कार्यक्रम गरे धेरै प्रभावकारी हुने उनी बताउँछन।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया