कतार विश्वकप: नकआउट चरणपूर्व देखिएका केही अप्रत्याशित घटना

photo: reuters/facebook
photo: reuters/facebook

कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत आजबाट समूह चरणका सबै खेल पूरा भएका छन्। नाेभेम्बर २० देखि सुरू भएकाे विश्वकप फुटबलमा समूह चरणका ४८ प्रतिस्पर्धाकाे समिकरण पूरा भएकाे छ। समूह चरणबाट १६ राष्ट्र अकाउट चरणमा पुगेका छन्।

अब नकआउट चरणका खेलहरू सुरू हुने छन्। कतारले आयोजना गरेको २२औँ संस्करणको ३२ टिम सहभागी फुटबलमा ६४ खेल हुने तालिका सार्वजनिक गरिएकाे छ।

समूह चरणका प्रतिस्पर्धा सुरू भएदेखि नै यसपटककाे विश्वकप निक्कै राेचक बन्दै गएकाे छ। जारी विश्वकप प्रतिस्पर्धामा बलिया भनिएका टिमहरूले अप्रत्याशित पराजय भाेग्दा विगतमा कमजाेर ठानिएका टिमहरूले चमत्कारिक प्रस्तुती दिएका छन्। प्रस्तुत छ, जारी विश्वकपकाे नकाउट चरणमा भएका विशेष घटनाहरू :

आयोजक राष्ट्र कतारलाई सुरूवाती ठक्कर

विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वटेरबीच प्रतिस्पर्धा भएकाे थियाे। आफ्नाे घरेलु मैदानमा कतार इक्वटेरसँग २-० गाेलले पराजय भयो। उद्घाटन खेलमै हारेपछि विश्वमा कतारको धेरै आलोचना भएको थियो।

सन् २०१० काे आयाेजक दक्षिण अफ्रिकाले विश्व इतिहासमा पहिलाे पटक पहिलाे खेलमा पराजित भएकाे थियाे। यसरी आयाेजक राष्ट्र नै पहिलाे खेलमा पराजित हुने देशमा दक्षिण अफ्रिकापछि कतार दाेस्राे राष्ट्र बनेकाे छ। यसैबीच कतार याे विश्वकपमा कुनै पनि खेल नजित्ने देश बनेकाे छ।

साउदीले बढायाे अर्जेन्टिनीकाे धड्कन

फिफा वरियातमा तेस्रो नम्बरमा रहेको विश्वकपकाे प्रख्यात टिम अर्जन्टिना फिफाको ५०औँ स्थानमा रहेको साउदी अरेबियासँग २-१ को लज्जास्पद हार ब्यहाेरेकाे थियाे।

दुई पटककाे विश्वकप विजेता अर्जेन्टिनाले २२औँ संस्करणको विश्वकप फुटबलमा आफ्नाे पहिलो खेलमै पराजय भयो। अर्जेन्टिनाले यसअघि कहिले पनि पहिलो खेल हारेकाे थिएन। समूह सी अन्तर्गत भएको पहिलो खेलमा एसियाली मुलुक साउदी चम्किदाँ विश्वले अर्जेन्टिना हारेको विश्वास गर्न सकेको थिएन।

विश्वकपकाे पहिलाे खेलमै साउदीसँग पराजित भएपछि अर्जेन्टिनी टिमकाे धड्कन बढेका थियाे। अर्जेन्टिना पहिलाे खेलमा हारेपछि नअकाउट चरणमा पुग्नकाे लागि बाँकी दुबै खेल जित्नै पर्ने दबाबमा परेकाे थियाे। तथापि, अर्जेन्टिना पछिल्ला दुईमा मेक्सिकाे र पाेल्याडलाई लगातार पराजित गरेर नकाउट चरणमा प्रवेश गर्‍याे।

साउदी राजाले दिए सार्वजनिक बिदा

फुटबल जगतमा कहिले नघटेको घटना यसपटक साउदीले रच्यो। फिफा वरिययमा ५०औँ स्थानमा रहेको साउदीले अर्जेन्टिनालाई हराएपछि साउदीमा राजा सलमान बिन अब्दुलअजीज अल सउद खुसी भएर देशमा एकदिने सार्वजनिक बिदा दिएका थिए।

अर्जेन्टिना हारेपछि एसियाली मुलुको साउदी अरेबियाले विश्वभरबाट प्रशंसा बटुल्न सफल भएकाे छ।

जर्मनी जापानसँग स्तब्ध

जारी विश्वकपमा सन् २०१४ को विश्वकप फुटबल विजेता जर्मनी पहिलाे खेलै एसियाली राष्ट्र जापानसँग स्तब्ध बन्याे, जसलाई यसपटककाे विश्वकपमा अप्रत्यासित खेल मानिएकाे छ।

विश्वकप विजेतासमेत रहेको जर्मनी आफ्नाे पहिलो खेलमा हारेपछि विश्वलाई स्तब्ध पार्‍याे। जर्मनी समूह चरणबाट बाहिरियो भने जापान नकआउट चरणमा पुगेकाे छ।

काेस्टारिकाकाे गाेलपाेष्टमा स्पेनकाे गाेलवर्षा

समूह इ अन्तर्गत भएको स्पेन र कोस्टारिकाबीचको खेलमा स्पनेले कोस्टारिकाविरूद्ध ७ गाेल गरेका थियाे, जुन यस विश्वकपकाे सबैभन्दा ठुलाे गाेलान्तर हाे।

एकपटक विश्वकप जितेको स्पनेले कोस्टारिकालाई ठुलाे गाेलान्तरमा पराजित गरेकाे हाे। यसघि सन् २०१४ मा जर्मनीले ब्राजिललाई ७-१ गाेलले पराजित गरेको थियो।

ट्युनिसियासँग फ्रान्स पराजित

फ्रान्सले यसअघि दुई चरणको खेल जिते पनि तेस्रो चरणमा ट्युनिसियासँग १-० ले पराजित बन्याे। २०१८ को विश्वकप विजेता फ्रान्सले ट्युनिसियासँग हार्दा विश्व स्तब्ध भएको थियो।

जापान चम्किँदा जर्मनी र काेस्टारिका आउट

स्पेन आफ्नाे तेस्रो चरणकाे खेलमा जापानसँग २-१ गाेलले पराजित भयो। जापानले यसअगाडि जर्मनीलाई २–१ ले पराजित गरेको थियो।

जापानकाे जितसँगै जर्मनी र काेस्टारिकाकाे विश्वकप यात्रा समूह चरणमै समाप्त भएकाे छ। यदि स्पेनविरूद्धकाे खेलमा जापानले हार व्यहाेरेकाे भए जर्मनी नकअउट चरणमा पुग्ने थियाे।

समूह सी र समूह इ अन्तर्गत भएका खेलहरू अहिलेसम्मकै सबैभन्दा रेमाञ्चक खेलहरूमा परेका छन।

प्रकाशित मिति: : 2022-12-03 07:00:00

प्रतिकृया दिनुहोस्