हिन्दु संस्कार अनुसार किन सहगोत्रीसँग विवाह गर्नु हुँदैन?

File photo
File photo

विवाह एउटा सामाजिक वा धार्मिक रूपमा मान्यता प्राप्त परम्परा हाे। जँहा दुइ व्यक्तिहरूबीच अधिकार तथ दायित्वहरू स्थापित हुने गर्दछ।
विवाह जुन सुकै परम्परा तथा धर्म अनुसार किन नहाेस् मन मिलेमा वा परिवार राजिखुसी भएमा आफुले चाहेँकाे व्यक्तिसँग विवाह गर्न पाउने गरेकाे छ।

तर हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ। किनकी, गोत्र भनेको वंश र कुल हो। गोत्रले प्रत्येक नयाँ पुस्तालाई जोड्ने काम गर्छ। जस्तो, कसैको भारद्वाज गोत्र छ भने, त्यो व्यक्ति भरद्वाज ऋषिको कुलमा जन्मेको हो। 

 हिन्दु संस्कार अनुसार गोत्रविचार अत्यन्त महत्वपूर्ण कुरा हो। वेदपुराणहरूमा उल्लेख हुने सप्तऋषिका सन्तान नै उक्त गोत्रधारी हुन्। विश्वामित्र, जमदग्नि, भरद्वाज, गौतम, अत्रि, वशिष्ठ र कश्यप सप्तऋषि हुन्।

हिन्दू धर्ममा एकै परिवारका मानिसलाई विवाहको अनुमति छैन।र  एकै कुल  गोत्रमा विवाह गर्ने मानिसको बुद्धि भ्रष्ट हुने र तिनका सन्तान पनि चण्डाल हुने मान्यता छ। 

मनुस्मृतिमा लेखिएअनुसार सत्पुरुष वा विद्वान् नभएको कुल र क्षयरोग, मिर्गीरोग तथा कुष्ठरोग लागेको कुलमा आफ्नो सन्तानलाई बिहे गराउनु हुँदैन। जानीबुझी एउटै गोत्रकी केटीलाई बिहे गरेमा केटो जातिभ्रष्ट हुन्छ। एकै गोत्रका स्त्री पुरुष भाइबहिनी हुन्, उनीहरूका बीच विवाह हुनु हाडनाता करणी हो। 

हिन्दु धर्म अनुसार कुन गोत्रको सँग विवाह गर्ने भन्ने विषयमा फरक मान्यता छन्। हिन्दू धर्मका अनुसार मानिसले तीन गोत्र छोडेर विवाह गर्नुपर्छ: आफ्नै गोत्र, आमाको गोत्र र हजुरआमाको गोत्र। 

विज्ञानले पनि सहगोत्रीसँग विवाह गर्नु नहुने मानेको छ। एउटै कुल वा गोत्रमा विवाह गर्ने दम्पतीको सन्तानमा आनुवंशिक दोष हुन्छ र उनीहरूमा एकैखाले विचारधारा हुने गर्दछ। 

– एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2023-01-11 16:05:00

प्रतिकृया दिनुहोस्