
उमेश थापा
काठमाडाैँकाे थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गर्न काठमाडौँ महानगरले मंसिर १२ गते डोजर लिएर गयाे। डोजर लिएर जाँदा त्यहाँका सुकुम्वासी र महानगर प्रहरी, नेपाल प्रहरीबीच भिडन्त भयो। भिडन्तमा महानगरका एसपी राजु पाण्डेको टाउकोमा चाेट लाग्याे। अन्य दर्जन बढी प्रहरी घाइते भए।
सुकुम्वासीको ढुङ्गा प्रहारबाट महानगर प्रहरीहरु घाइते हुनु पर्याे। त्यसपछि महानगर प्रहरी र नेपाल प्रहरीहरु पछाडि सरे। पछाडि सार्नु बित्तिकै सुकुम्वासीहरुले नाराबाजी त गरे सँग सँगै टायर पनि बाले। उनीहरुले काठमाडौँका मेयर बालेन शाहको पुत्ला दाेहन गरे। सुकुम्वासीहरुको नारा थियो, बालेन शाह मुर्दावाद, सरकारी दमन बन्द गर, गरीब मार्न पाइदैन, महानगर अत्यचार बन्द गर, हाम्रो भोट फिर्ता गर आदि।
साेही क्रममा सुकुम्वासी बस्तीमा बस्ने एक महिला अचानक खुकुरी लिएर विराेभा उत्रिन्छिन्। सबै प्रहरी तथा सञ्चारकर्मीहरु पनि तर्सिए। ती महिलाले डोजर चल्याे भने जो पनि गर्न सक्छु भनेर त्यहाँ नाङ्गाे खुकुरी सबैको अगाडि प्रदर्शन गरिन्।
यस खुकुरीको विषयमा संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई नेपाल प्रेसले सोधेकाे थियाे। यसक्रममा उनले त्याे खुकुरी दाउरा काट्न राखिएकाे र संयाेगवस त्यहाँ ल्याइएकाे दाबी गरेका छन्। ‘त्याे दाउरा काट्न राखेका खुकुरा हो। नत्र भए हामी सबैको घर घरमा तरबार थियो। त्यो अचानक र दाउरा काटेर त्यहीँ राखेको हुनाले संयोग मात्र हो,’ उनले भनेका छन्।
भनेपछि यो देशमा जसले जसलाई खुकुरी देखाउन पनि पाउँछ कि के हो ? महनगरले खुकुरी देखाउने र महानगर प्रहरी र नेपाल प्रहरीलाई कुटपिट गर्नेलाई तुरुन्तै कारवाही गर्ने भनेका छ। यो धेरै नै ठिक हो।
त्यसदिन सुकुम्वासीहरु २४सैं घण्टा महानगर आउँछ कि भनेर सबै छिर्ने ठाँउहरुमा ढुङ्गा र लाठी लिएर बसको थिए। त्यत्तिखेर पनि महानगरका तीन वटा डोजर थापाथलीमै थिए। महानगरका डोजर थापाथली थिए भने एसएसपी पाण्डे नर्विक अस्पतालमामा टाउकोमा लगाइरहेका थिए। एसएसपी पाण्डेको उपचार हुने बित्तिकै उनी जसरी भए पनि आजै सुकुम्बासी बस्ती भत्काउनुपर्छ भन्नेमा साेचमा थिए। उनको भनाइ थियो, जसरी भए पनि सुकुम्वासी हटाउँछौँ।
एसएसपी पाण्डे अस्पतालबाट निस्किएर यस्तो भनकाे राति बालेन शाह प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। बालेन शाहको सचिवालयकाअनुसार त्यसरात बालेन शाहले प्रधानमन्त्री शेरबहादर देउवालाई भेट्न घण्टाैँसम्म कुर्नु परेकाे थियाे। त्यसदिन प्रधानमन्त्री देउवा र मेयर बालेनबीच के कुरा भएकाे थियाे सार्वजनिक भएकाे छैन।
महानगर प्रहरीहरु सुकुम्वासी बस्ती खाली गर्न जाँदा उनीहरुमाथि लाठी तथा ढुङ्गा प्रहार गर्ने मध्येका मुख्य व्यक्ति एमाले नेता भएको प्रष्ट रुपमा खुलेको छ। अहिले उनले त्यसदिन महानगर प्रहरीलाई गरेको दुर्व्यवहार सामाजिक सञ्जाल र मिडियाहरुमा भाइरल छ। उनलाई नेपाल प्रेसले यस विषयमा प्रश्न गर्दा मेलै हानेको नै होइन भनेर पन्छिन खोजे भने अन्तिममा मेलै गरेकोे हो भनेर परमणित गरे भने, म कानुनी दायरमा आउन तयार छु।
मंसिर १३ गते बिहानदेखि नै त्राशमा थिए, सुकुम्वासीहरु। उनीहरुको मनमा कतिखेर डोजर आउँछ र हाम्रा टहरा भत्काउँछ भन्ने ठुलो चिन्ता थियो। सुकुम्वासीहरुले बिहान साढे सात बजेदेखि शान्तिपूर्ण आन्दोलन गर्न सुरु गरेका थिए। सुकुम्वासीहरुसँग संयुक्त राष्ट्र सुकुम्वासी मोर्चा र नेपाल एकता समाज सँग सँगै थिए। उनीहरु भृकुटीमण्डप हुँदै राष्ट्रिय सभा गृह अगाडिसम्म पुगेर प्रदर्शन गरेका थिए। उनीहरुले सडकबाट नै सरकारलाई चुनौती दिने काम गरे।
ए सरकार, वास्तविक सुकुम्वासी पहिचान गर। वास्तविक सुकुम्वासीलाई सही तरिकाले व्यवस्था गर भने सुकुम्वासीकाे नाममा हुकुम्वासी चलाउनेहरेलाई कानुनी कारबाही गर।
अर्को कुरा सुकुम्वासीहरुलाई आश्वासन दिएर राजनीति गर्ने नेतालाई नि कारवाही गर। भोट माग्दा लालपूर्जा दिनेसम्म आश्वासन बाँड्छन् नेताहरु। यसैको फाइदा उठाइरहका छन्, सुकुम्वासी बस्तीका मानिसहरु।
मेयर शाहले सुकुम्वासी बस्तीमा बस्ने सबै मानिसहरुको कहाँ कहाँ घर हो र कहाँ कहाँ सम्पत्ति जोडे ? खोज्न अनिवार्य छ। भोली सही सुकुम्वासीहरुले पाउने हक पनि हुकुम्वासीहरुले पाउछन्। मेयर शाह अब पछाडि हट्नु हुँदैन।
सुकुम्वासीहरुले भनेको सबै कुरा पूरा गर्न थालियो भने भोलि नेपाल सरकारको नाममा एकआना पनि जग्गा हुँदैन। जग्गा दिने आश्वाशन नेताहरुले दिएका हुन्, मेयर शाहले होइन। सुकुम्वासीहरुले राजनीतिक दलका नेताहरुसँग गएर माग जग्गाको लालपूर्जा।
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया