स्पेनिस स्टारले 'सपना' राेज्लान् कि 'सपनाकी राजकुमारी'

AFP
AFP

स्पेनिस राष्ट्रिय टोली तथा फुटबल क्लब बार्सिलोनका मिडफिल्डर हुन्, १८ वर्षीय पब्लो गाभी। सानै उमेरमा निकै चर्चा पाएका उनले कतारमा भइरहेको विश्वकपमा कोस्टारिकाविरुद्ध गोल गरेपछि फुटबल जगतमा मात्र नभई उनको क्रेज विश्वभर नै बढन थालेको छ।

आफूले फुटबल सिकिरहेको एकेडेमीमा ९५ गोल गरी भर्तीकर्ताहरूको ध्यानार्कषण गर्न सफल भए। उनी ११ वर्ष हुँदा नै फुटबल क्लब बार्सिलोनमा आवत भए। १८ वर्षका उनी क्लब बाट त राम्रो खेल्थे नै तर, यस पटकको विश्वकपमा उत्कृष्ट प्रदर्शनी दिएर विश्वभर चर्चा बटुल्न सफल भए।

तर, विगत केही दिनयता गाभीबारे धेरै टिप्पाटिप्णी भइरहेको छ। केही दिन यता स्पनेको राजकुमारी लियोनोर र स्पनेका खेलाडी गाभी 'डेट' गरिरहेको कुराबारे धेरैको चासो र जिज्ञासा बढेको छ।  

गाभी र राजकुमारीबीच कस्ताे टिप्पणी छ? 

पब्लो गाभीले स्पेन मात्र नभई विश्वका सबै फुटबल प्रेमीहरुलाई आफ्नो फ्यान बनाउन सफल भएका छन्। आम मानिसहरु बाहेक उनीमाथि स्पेनको राजकुमारी लियोनोर मोहित छिन्। सानै उमेरदेखि फुटबल क्लब बार्सिलोनाको फ्यान रहेकी उनी केहि महिना यता स्पेनिस खेलाडी गाभीको प्रेममा पागल छिन्।

उनी वेल्समा एक प्रमुख रोयल्टी स्कूल एटलान्टिकमा पढदै छिन्। १७ वर्षीया लियोनोर आफ्नो पिता राजा फेलिप छैठौंको पछि स्पेनको रानी बने हकदारमा छिन्। लियोनोरले गाभीका चित्रहरूले आफ्नो स्कूलमा रहेको कम्पयुटरभरि नै रहेको खुल्लासा समेत गरेकी छिन्।

स्पेनका राजा फेलिप छैठौं कतारमा भइरहेको विश्वकपमा आफ्नो राज्य स्पेनलाई समर्थक गर्न पुगेका थिए। उनी पुगेको दिन स्पेनले कोस्टारिकालाई ७–० ले हराएको थियो, जसमा गाभीले अमूल्य गोल गरेका थिए।

सोही दिन स्पेनको जितपछि राजा आफैँ स्पेनको डेसिङ्ग रुममा खेलाडीलाई बधाई समेत दिन पुगेका थिए। सोही क्रममा गाभीले आफूले लगाएको जर्सीमा आफ्नो हस्तक्षर गरी लियोनोरलाई मायाको चिनो स्वरुप पठाएका थिए।

राजाले उनलाई साइन मात्र नमागी उनकी छोरीले उनलाई माया गर्ने समेत बताए। राजा र गाभीबीचको वार्ता तथा गाभीले लियोनोरका लागि टि–सर्टमा साइन गरेको फोटो एकछिनमै विश्वभर भाइरल भएको थियो। 

गाभी र राजकुमारी लियोनोर प्रेममा भए के हुन्छ ?

विगत केही दिनको घटनाले पूरै विश्वलाई गाभी र राजकुमारी लियोनोर बीचको सम्बन्धको चासो बढेको छ।

राजकुमारी लियोनोर उनको पितापछि स्पनेको राजगदीमा स्थान लिने राजकुमारी हुन् र गाभी स्पेनमा एक साधारण परिवारमा जन्मिएका हुन्।

एउटा साधारण परिवारमा जन्मेको गाभीको धेरै ठूलो आकांक्षा छैन। उनको केवल एउटै मात्र सपना भनेको स्पेनको सबैभन्दा चर्चित खेलाडी, आन्द्रस इनिस्जटा जस्तो हुनु हो। तर लियोनोरसँग उनको सम्बन्ध अझै गहिरो हुँदै गए उनको सपना अधुरो नै रहने छ।

यदि उनीहरुबीच प्रेम छ र उनीहरुको बिहे हुने हो भने गाभीले आफ्नो फुटबल करियरलाई त्याग्नु पर्ने हुन्छ। स्पेनको शाही खानदानभित्र कसैले वैवाहिक सम्बन्ध जोड्ने हो भने त्यो सम्बन्ध कायम राख्न आफ्नो सबै स्वामित्व छाडेर शाही परिवारभित्र नै जीवन बिताउने गरी बस्नुपर्छ। उनले सानैदेखि कमाएको इज्जत र सानै उमेरमा कमाएको नाम यही मेटिन्छ।

अब गाभीले आफ्नो सपना रोज्ने कि आफ्नो सपनाको राजकुमारी त्यो उनीमा भर पर्छ। तर उनले आफ्नो सपनाको राजकुमारी रोज्ने हाे भने विश्वले अर्काे आन्द्रस इनिस्जटा गुमाउने छ र उनले आफ्नो सपना रोजे भने लियोनोरले आफ्नो रोमियो।

एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2022-12-09 06:00:00

प्रतिकृया दिनुहोस्