जो कतार विश्वकपपछि अन्तर्राष्ट्रिय खेलबाट बिदा भए

Photo: Adam Davy/PA, chroniclelive, Ruairidh Barlow/football-espana, Juan Manuel Serrano Arce/Getty Images
Photo: Adam Davy/PA, chroniclelive, Ruairidh Barlow/football-espana, Juan Manuel Serrano Arce/Getty Images

हरेक फुटबल खेलाडीकाे एउटै चाहना हुन्छ, विश्वकप जित्ने। अथक प्रयासपछि जब फुटबल खेलाडीले विश्वकपकाे उपाधि चुम्न सफल हुन्छन्, त्यसपछि उनीहरु सम्भवत: खेल जीवनबाट आराम गर्न चाहन्छन्। कतार सम्पन्न फिफा विश्वकप– २०२२ पछि पनि केही खेलाडीहरुले सन्यास लिने निर्णय गरेका छन्:


इडन हार्जड (बेल्जियम)

विश्व फुटबलका एक प्रख्यात अट्याकर हुन्, इडन हार्जड। ३२ वर्षीय हार्जडले गत महिना कतारमा भएको विश्वकपपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन्।

कतारमा भएको विश्वकपमा उनले बेल्जियम टिमकाे कप्तानी गरेका थिए। बेल्जियम विश्वकपकाे नआउट चरणबाटै बाहिरिएकाे थियाे। विश्वकपमा आफ्नाे टिमले राम्राे नतिजा निकाल्न नसकेपछि उनले खेलबाट सन्यास लिने घाेषणा गरकाे छन्।

Getty Image

सन २००८ मा बेल्जियम राष्ट्रिय टोलीबाट डेब्यू गरेका उनले १ सय २६ खेलमार्फत ३३ गोल गर्न सफल भएका छन्। उनी चेल्सी तथा रियल म्याड्रिडजस्ता ठुला क्लबबाट खेलेका थिए। फुटबल क्लब रियल म्याड्रिडबाट उनले आफ्नाे नाम परिचित गराउन सफल भए भने सोही क्लबबाट उनले धेरै फ्यान पनि बटुले।

यता, सन २०१८ मा रसियाले आयोजना गरेको विश्वकप फुटबलमा बेल्जियमकाे कप्तानी गरेका हार्जडले उत्कृष्ट प्रदर्शन गरे बेल्टियमलाई तेस्राे स्थानमा पुर्‍याएका थिए।

हार्जडले यस वर्षको विश्वकप सकिनुअघि नै अन्तर्राष्ट्रिय सन्यास लिने बताएका थिए।

वाहबी खाजरी (ट्युनिसिया)

बेल्जियमका हार्जडपछि ट्युनिसियाका वाहबी खाजरीले पनि विश्वकपपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घाेषणा गरेका छन्।

फ्रान्समा जन्मेका खाजरीले यु– १९ टिमबाट ट्युनिसियाबाट डेब्यू गरेका थिए। उनी ट्युनिसियाका एक दमदार अट्याकरको रुपमा परिचित छन। उनले ट्युनिसियालाई प्रमुख ५ वटा मेजर प्रतियोगितमा पुर्‍याउन सफल भए।

Image: Sunderland AFC

उनले ट्युनिसियाबाट ७४ खेलमा २५ गोल गर्न सफल भएका छन्। उनले ट्युनिसियालाई ५ पटक अफ्रिकन कप र सन २०१८ र २०२२ को विश्वकपमा पुर्‍याउन सफल भएका छन्। ३१ वर्षीय खाजरीले कतारमा विश्वकप समापन भएपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निर्णय गरेका थिए।

सर्जियो बुस्केट्स​​​​ (स्पेन)

फुटबल इतिहासमा स्पनेका डिफेन्सी मिडफिल्डर सर्जियो बुस्केट्सको चर्चा हरेक स्थानमा हुने गर्छ।

३४ वर्षीय सर्जियोले सन २०२२ मा कतारले आयोजना गरेको विश्वकपमा आफ्नाे राष्ट्र स्पेन पेनाल्टी सुटआउटमा मोरक्कोसँग हारेपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका थिए।

Feargal Brennan

उनी आफ्नाे देश स्पेनबाट भन्दा पनि बार्सिलोना एक प्रमुख खेलाडीको रुपमा परिचित छन्। उनले हालसम्म बार्सिलोनाबाट ६०० खेल खेलेका छन्।

उनले सन २००९ मा स्पेनको सिनियर टोलीबाट डेब्यू गरेका हुन्। सर्जियोले आफ्नाे देश स्पेनबाट १४३ खेल खेलका छन्। सन २०१० को विश्वकप फुटबल उपाधि जिताउन उनले पनि प्रमुख भूमिका खेलेका थिए।

करिम बेन्जामिन (फ्रान्स)

फ्रान्सका स्ट्राइकर करिम बेन्जामिन विश्वकप फुटबल जगतमा वेस्ट स्ट्राइकरको रुपमा परिचित छन्।

उनले सन २००४ मा युइयाफयेकाे यु– १७ टोलीबाट फ्रान्समा डेब्यु गरेका थिए। उनले विश्वप्रख्यात क्लब रियल म्याड्रिडबाट खेल्दै आएका छन्।

marca

उनी रियल म्याड्रिडका दोस्रो धेरै गोल गर्ने खेलाडी हुन् भने फ्रान्सका पाँचौ धेरै गोलकर्ता हुन्।

उनले सन २०२२ मा भएको विश्वकप चोटका कारण गुमाउन परेको थियो। उनले फिफा विश्वकप कतारमा सकेपछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने घोषण गरे थिए। उनले ९७ अन्तर्राष्ट्रिय खेलमा ३७ गोल गरेका छन्।

ग्यारेथ बेल (वेल्स)

वेल्सका कप्तान तथा फरवार्ड बेलले ३३ वर्षको उमेरमा फुटबल खेल जीवनबाट सन्यास घोषणा लिने घोषण गरेका छन्। उनले गत सोमबार आफ्नाे सामाजिक सञ्जालमार्फत् खेल जीवनबाट सन्यास लिने घोषण गरेका हुन्।

 Getty Images

उनी वेल्स राष्ट्रिय टोली तथा टोटन हाम्स र रियल मड्रिडका एक प्रमुख खेलाडीसमेत हुन्। उनले सन २००७ मा फुटबल क्लब टोटनहम हटस्परबाट डेब्यू गरेका थिए भने २०१३ मा रियल माड्रिडमा टान्सफर भएका थिए।

बेलले सन २००६ मा वेल्स राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उनले १११ खेलमा ४१ वटा अन्तर्राष्ट्रिय गोल गर्न सफल भएका छन्। बेल वेल्सका लागि सर्वाधिक खेल खेल्ने खेलाडीसमेत हुन्।

ह्युगो लोरिस (फ्रान्स)

फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले गत सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएकाे घोषणा गरेका छन्।

लोरिसले सन २००८ मा उरुग्वेविरुद्धको खेलसँगै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए। उनी फुटबल क्लब टोटन ह्यममा कप्तानी गरेका थिए।

 Getty Images

– एजेन्सीहरुकाे सहयाेगमा

प्रकाशित मिति: : 2023-01-12 22:00:00

प्रतिकृया दिनुहोस्