म्याच फिक्सिङ प्रकरण: राखेपाले लियाे खेलाडीको बयान 

नेपाल क्रिकेट सघं क्यानले पहिलोपटक आयोजना गरेको टी-२० लिग विवादमा परेकाे छ। 

भारतीय कम्पनी सेभेन थ्री स्टारसँग आयोजना गरेको उक्त लिगमा विवाद परेपछि क्यानले आयोजना गरेको लिगको बदनाम भएको हाे। 

क्यान र सेभेन थ्री स्टारले आयोजना गरेको लिगमा म्याच फिक्सिङ भएको आरोप लागेपछि यतिखेर आरोप व्यहोरेको क्यानमाथि राष्ट्रिय खेलकुद परिषद् (राखेप) आईसीसी, र नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले यस विषयमा अनुसन्धान गरिरहेको छ। 

क्यानले लिगभर कुनै प्रकारको म्याच फिक्सिङ नभएको र क्यानलाई बदनाम गर्नको लागि फिक्सिङको आरोप लगाएको क्यानले दाबी गरेको छ। 

त्रिवि मैदानमा आयोजना भएको उक्त लिगमा फिक्सिङ जस्तो गभ्भीर आरोप लागेपछि राखेपाले यस विषयमा चासो देखाएको थियो। गत आइतबार राखेपाले मागेको कागजत क्यानले बुझाएपछि राखेपाले यस विषयमा अनुसन्धान थालेको थियो। 

म्याच फिक्सिङ भएको आंशकापछि राखेपाले गत मगंलबारदेखि अनुसन्धान प्रक्रिया अघि बढाएको र हालसम्म खेलाडीको बयान लिइसकेको म्याच कार्यदल समितिका संयोजक एकेन्द्र कुँवरले जनाए। 

'हामीले म्याच फिक्सिङ भएको शंका लागेपछि क्यानलाई कागजात मागेर यस विषयमा गत मगंलबारदेखि नै अनुसन्धानको प्रक्रिया अघि बढाएको थियौँ भने, अहिले पनि हाम्रो अनुसन्धान जारी छ, हालसम्म हामीले नेपाली राष्टि क्रिकेटका खेलाडी पूर्व कप्तान पारस खड्गा, ज्ञान्नेद मल्ल  खेलाडी सोमपाल कामी, र कप्तान रोहित कुमार पौडेयलसगँ बयान लिएको' कार्यदल समितिका संयोजक एकेन्द्र कुँवरले बिएल नेपाली सेवालाई जानकारी दिए। 

लिगमा म्याच फिक्सिङ भएको छ या छैन भन्नेबारे सबै अनुसन्धान सकिएपछि मात्र बताउन सकिने कुँवरले भने। उनी भन्छन् 'हामीले अनुसन्धानको प्रक्रिया अगाडि बढाइरहेका छौँ, त्यसैगरी केही खेलाडीहरुको बयान समेत लिएसकेका छाैँ, हामीले क्यानका पदअधिकारीहरुसँग यस विषयबारे बयान लिनेछ।' 

म्याच फिक्सिङको शंका लागेपछि आईसीसीका दुई सदस्य पनि नेपाल आएका थिए। उनीहरुले यस विषयमा क्यान, सीआईबी र राखेपाका छलफल समेत गरेका थिए।

राखेपाले भने यस विषयका लागि पाँच सदस्यीय छानबिन समितिमा कार्यदल बनाएको थियो। सदस्यमा परिषद्का सदस्य प्रकाशकुमार कुसारी, वरिष्ठ खेलकुद पत्रकार निरञ्जन राजवंशी, खेलकुद विकास विभागका प्रशासकीय अधिकृत सरोजकुमार पोख्रेल र सचिवमा प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई रहेका छन्।

राखेपाले यस विषयमा ५ सदस्यीय छानबीन समितिलाई १५ दिन दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको थियो। समितिका संयोजक कुँवरको अनुसार 'राखेपा अनुसन्धानको अन्तिम चरण्मा पुगेको अब केही डकुमेन्ट हेर्न बाँकी रहेको' जनाए। 

लिग जारी रहीरहँदा लिगका कमेन्ट्रेटर सचिन तिमल्सिना र खेलाडस् ज्ञान्नेद मल्लले खेलमा फिक्सिङ भएको शंका गरेपछि यस विषयले चारैतर्फको माहोल तताएको थियो। 

म्याच फिक्सिङको आरोपसँगै लिगमा खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै मैदानमा नउत्रिएपछि क्यानले पहिलो पटक आयोजना गरेको लिग असफल भएको प्रष्ट रुपमा देखिन्छ। 

त्यस्तै, यता लिगको सुरुवात देखि नै सट्टेबाजीको निगरानी गरिहेको सीआईबीले म्याच फिक्सिङको आरोप पछि यस विषयमा विवाद परेको दिनदेखि नै अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो। सीआईबीले पनि अनुसन्धानको क्रम जारी रहेको र छिट्टै नै यस विषयको टुंगो लगाउने बताएको छ। 

प्रकाशित मिति: : 2023-01-16 14:59:00

प्रतिकृया दिनुहोस्