बाह्रखरी
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’मा चर्चित नेपाली अलराउण्डरको नाम जोडिएको छ। ती खेलाडीले नेपालबाट अन्तर्राष्ट्रिय खेल समेत खेलिसकेका छन्। उनलाई नेपाली टोलीमा उदाउँदा खेलाडीको रूपमा हेरिएको थियो। उनी मधेस प्रदेशबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै आएका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउको तयारी गरेको छ। सीआईबीले अनुसन्धानका क्रममा स्पट फिक्सिङको प्रमाण फेला पारेसँगै ती अलराउण्डरसहित अन्य केहीलाई पक्राउको तयारी गरेको छ।
सीआईबीले अनुुसन्धान अन्तिम चरणमा पुर्याएको छ भने केही दिनमै मुद्दा बुझाउने तयारी गरेको छ। बाह्रखरीलाई प्राप्त जानकारी अनुसार नेपाली खेलाडीसहित पाँचदेखि सात जनालाई प्रतिवादी बनाउने तयारी छ। उनले लिगको एक खेलमा बलिङ गर्ने क्रममा ‘स्पट फिक्सिङ’गरेको खुलेको छ । उनले बलिङका क्रममा ‘नो बल’ फालेका थिए।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया