बाह्रखरी
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’मा चर्चित नेपाली अलराउण्डरको नाम जोडिएको छ। ती खेलाडीले नेपालबाट अन्तर्राष्ट्रिय खेल समेत खेलिसकेका छन्। उनलाई नेपाली टोलीमा उदाउँदा खेलाडीको रूपमा हेरिएको थियो। उनी मधेस प्रदेशबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै आएका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउको तयारी गरेको छ। सीआईबीले अनुसन्धानका क्रममा स्पट फिक्सिङको प्रमाण फेला पारेसँगै ती अलराउण्डरसहित अन्य केहीलाई पक्राउको तयारी गरेको छ।
सीआईबीले अनुुसन्धान अन्तिम चरणमा पुर्याएको छ भने केही दिनमै मुद्दा बुझाउने तयारी गरेको छ। बाह्रखरीलाई प्राप्त जानकारी अनुसार नेपाली खेलाडीसहित पाँचदेखि सात जनालाई प्रतिवादी बनाउने तयारी छ। उनले लिगको एक खेलमा बलिङ गर्ने क्रममा ‘स्पट फिक्सिङ’गरेको खुलेको छ । उनले बलिङका क्रममा ‘नो बल’ फालेका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया