बचतकर्ताकाे कराेडाैँ रकम धरापमा पार्दै अबैध काराेबारमा सिन्सियर

काठमाडौँको पुतलीसडकमा रहेकाे सिन्सियर सेभिङ एण्ड क्रेडिटले वित्तिय कारोबारको नाममा ठगी धन्दा चलाएको खुलासा भएको छ।

२२ वर्षदेखि सञ्चालनमा रहेकाे सिन्सियर अहिले निकै डुब्न आँटेको कार्यालयको स्रोतको दाबी छ। स्रोतकाअनुसार कार्यालयमा तीन जना र्काचारीको रजगज चल्ने गर्छ, राजेन्द्र भक्त श्रेष्ठ, राजेश खड्खा र मिरा कर्माचार्यको।

सहकारी ऐन नै पालाना नगर्ने सहकारी हो, सिन्सियर सेभिङ एण्ड क्रेडिट लि.। सहकारी ऐन पालना गर्ने हो भने जनताको पैसा घर जग्गा, ट्याक्सी, मिटर ब्याज र आफ्नाे निजी कामको लागि प्रयोग गर्दैन्थ्यो। कर्मचारी स्रोतका अनुसार घर जग्गा, ट्याक्सी, मिटर ब्याज, निजी लगानी धेरै नै गरेको छन्।

बचतकर्ताले लाखदेखि पाँच करोड रुपैयाँ मुद्दती खातामा बचत गरेको सिन्सियर डुब्ने अवस्थामा पुगेको छ। सिन्सियरले लामो समयदेखि पैसा फिर्ता गर्न सकिरहेको छैन्, जसका कारण बचतकर्ता पिरोलिएका छन्।

सिन्सियरले सात महिनादेखि ब्याज दिन सकेको छैन्। यता, बचतकर्ता पैसा फिर्ता हुन्छ कि भनेर निरन्तर सिन्सियर धाइरहेका छन् तर उनीहरु सधैं रित्तो हात फर्किन बाध्य भएका छन।

२०५७ मंसिर २९ गते दर्ता भएको यस संस्थामा बचत गर्नेहरु अधिकांश नेवारी समुदायका छन्। न्युरोड, असन, भोटाहिटी, इन्द्रचोक, ढल्कु, नरदेवी, पुतलीसडक, मैतीदेवी, क्षेत्रपाटी, डिल्लीबजार लगायत क्षेत्रका व्यापारी र बासिन्दाले सिन्सियरमा पैसा जम्मा गरेका छन।

यहाँ हजारौंको बचत छ जुन डुब्ने अवस्थामा पुगेको छ। सिन्सियरका अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ काठमाडौँकै स्थायी बासिन्दा भएको विश्वासमा पर्दा हजारौंको बचत जोखिममा परेको छ।

सिन्सियरका कार्यकारी सञ्चालक राजेश खड्का कलंकीका बासिन्दा हुन्। कलंकी एरियामा बसोबास गर्ने धेरैको बचत सिन्सियरमा छ। क्षेत्रपाटी, ढल्कुकी कर्जा विभागकी अधिकृत मिरा कर्माचार्यको विश्वासमा पर्दा त्यस क्षेत्रका बचतकर्ता मर्कामा परेका छन।

मानिसहरुले यी तीन जना काठमाडाैँका बासिन्दा हुन, यिनीहरु भाग्दैनन् भनेर सिन्सियरमा पैसा जम्मा गरे। तर, सिधासाधा बचतकर्ताको विश्वासको फाइदा यी तीन जनाले उठाए।

बचतकर्ताले लगेर सिन्सियरमा बचत गरेको रकम पर्दाभित्र बसेर मिटर ब्याजमा लगानी गर्ने काम भयो।

स्रोतकाअनुसार सिन्सियरका तीन हर्ताकर्ताले बचतकर्ताको पैसा मिटर ब्याजमा लगाउँदै आएका छन्। उनका अनुसार एक लाखको ब्याज दश हजारदेखि तीस हजारसम्म लिने र व्यापरीको माध्यमबाट पैसा ब्याजमा लगाउने गरेको स्रोतको दाबी छ।

बचतकर्ताहरुले ब्याज खान जम्मा गरेको पैसा सिन्सियरले व्यापारीलाई खटाएर आवश्यक परेकालाई मिटर ब्याजमा लगाउन दिने गरिन्छ।

के भन्छ सहकारी विभाग ?

सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले यसरी कारोबार गरिरहेकाे साे सहकारीहरुलाई अनुगमन गरिरहेकाे बताए। सहकारीले जनताबाट उठाएकाे पैसा अनुत्पादक ठाउँहरुमा लगानी गर्न नमिल्ने बताए।

‘सहकारीले ट्याक्सी, घर र जग्गामा लगानी गर्न आफ्नो उद्देश्यमा खुलाउनुपर्छ तर सहकारीहरुले उद्देश्यमा नखुलाइ गर्न मिल्दैन। यसरी गरेको खण्डमा सहकारी विभाग चुपचाप बस्दैन,’ उपाध्यायले भने। सहकारी विभागमा उजुरी दिए तत्काल कारबाही गर्ने उनले बताए।

‘अब हामीले त्यहाँ के भइरहेकाे छ अनुगमन गर्छाै, बचतकर्ताहरुको पैसा फस्न दिनु त भएन। जुन–जुन बचतकर्ताको पैसा फिर्ता गर्न सकेका छैन, उहाँहरुले सहकारी विभागमा आएर उजुरी दिन पनि आव्हान गर्छु,’ उनले भने।

के भन्छ राष्ट्रिय सहकारी महासंघ ?

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी सुब्बाले सहकारीले आफूखुसी लगानी गर्न नपाउने बताइन्।

‘सहकारी डुब्नुको कारण यो पनि हो। सहकारीहरुले आफ्नाे जे उद्देश्यमा छ, त्यसमा नै बसेर सञ्चालन गर्नुपर्छ। उद्देश्य एक उनी लगानी अनेकमा गर्दा नै सहकारीहरुमा समस्या आएको हो,’ उनले भनिन्।

सहकारीलाई नियमक निकायले ठिक ठाँउमा राख्न नसकेको प्रति उनले दुःखेसो व्यक्त गरेकी छिन।

प्रकाशित मिति: : 2023-01-25 21:10:00

प्रतिकृया दिनुहोस्