रविन भण्डारी
सुकीदह– एक मनमाेहक पर्यटकीय ठाउँ हाे। राेल्पाकाे गंगादेव गाउँपालिका–२ बराहमेला र रमाइको सिरानमा अवस्थित छ, याे दह। धार्मिक मान्यता बाेकेकाे याे दह प्रचारप्रसारकाे अभावमा ओझेलमा छ।
रोल्पाकाे पश्चिम क्षेत्रमा रहेको सुकीदह समुद्री सतहदेखि १९ सय मिटर उचाइमा छ। दहलाई मनमाेहक बनाउन सघाएकाे छ, सुनसान सुसाइरहने जंगल।
३५ सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको याे दहलाई पूर्व र उत्तरमा रहेकाे टापुले थप सुन्दरता थपेकाे छ। दहकाे नजिकै पूर्वमा रहेका ३ वटा शिवका मन्दिरहरूमा पुग्न सकिन्छ।
सुकीदहमा पिउने पानीकाे अभाव छ। पहिले पानी हुने ठाउँमा अहिले सुकेकाे छ। पानी सुकेकाे एक हप्तापछि खाेज्ने समयमा रमाइको तल रहेको माछेमुल र गरालेमुलमा खिर्य मोदानी भेटिएको स्थानीय बताउँछन्।
अहिले पनि माछेमुलमा पानीको ठूलाे मुल छ। यसैगरी दक्षिणपट्टी बस्दै आएका गोठालाले अशुभ भयो भनेर त्यो ठाउँ छोडेर गएकाे बताइन्छ। जति ठूलाे वर्षात भएतापनि याे दहमा पानी जम्मा हुँदैन।
दहकाे उत्तर पश्चिममा हरेक एक वर्षको अन्तरमा सिद्ध पुज्ने प्रचलन छ। त्यहाँ हाल ज्ञानबहादुर वली, आसिराम डाँगीलगायत ७ जना पुजारीहरू छन्।
उक्त ठाउँले पर्यटकीय क्षेत्रको रूप बोकेता पनि पर्यटकीय रूपमा विकास हुन नसकेकाेप्रति स्थानीय चिन्ता व्यक्त गर्छन्। यस दहलाई युद्ध कालमा छापामारहरूले परेट खेल्ने गर्थे। यस क्षेत्रलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा पनि चिन्न सकिन्छ।



विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया