रविन भण्डारी
सुकीदह– एक मनमाेहक पर्यटकीय ठाउँ हाे। राेल्पाकाे गंगादेव गाउँपालिका–२ बराहमेला र रमाइको सिरानमा अवस्थित छ, याे दह। धार्मिक मान्यता बाेकेकाे याे दह प्रचारप्रसारकाे अभावमा ओझेलमा छ।
रोल्पाकाे पश्चिम क्षेत्रमा रहेको सुकीदह समुद्री सतहदेखि १९ सय मिटर उचाइमा छ। दहलाई मनमाेहक बनाउन सघाएकाे छ, सुनसान सुसाइरहने जंगल।
३५ सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको याे दहलाई पूर्व र उत्तरमा रहेकाे टापुले थप सुन्दरता थपेकाे छ। दहकाे नजिकै पूर्वमा रहेका ३ वटा शिवका मन्दिरहरूमा पुग्न सकिन्छ।
सुकीदहमा पिउने पानीकाे अभाव छ। पहिले पानी हुने ठाउँमा अहिले सुकेकाे छ। पानी सुकेकाे एक हप्तापछि खाेज्ने समयमा रमाइको तल रहेको माछेमुल र गरालेमुलमा खिर्य मोदानी भेटिएको स्थानीय बताउँछन्।
अहिले पनि माछेमुलमा पानीको ठूलाे मुल छ। यसैगरी दक्षिणपट्टी बस्दै आएका गोठालाले अशुभ भयो भनेर त्यो ठाउँ छोडेर गएकाे बताइन्छ। जति ठूलाे वर्षात भएतापनि याे दहमा पानी जम्मा हुँदैन।
दहकाे उत्तर पश्चिममा हरेक एक वर्षको अन्तरमा सिद्ध पुज्ने प्रचलन छ। त्यहाँ हाल ज्ञानबहादुर वली, आसिराम डाँगीलगायत ७ जना पुजारीहरू छन्।
उक्त ठाउँले पर्यटकीय क्षेत्रको रूप बोकेता पनि पर्यटकीय रूपमा विकास हुन नसकेकाेप्रति स्थानीय चिन्ता व्यक्त गर्छन्। यस दहलाई युद्ध कालमा छापामारहरूले परेट खेल्ने गर्थे। यस क्षेत्रलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा पनि चिन्न सकिन्छ।



यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया