बिएल संवाददाता
पेरिस सेन्ट जर्मेन (पीएसजी) बुधबार फ्रेन्च कपबाट बाहिरिएको छ।
अन्तिम १६ को खेलमा मार्सेसँग २–१ ले पराजित भएपछि पीएसजी फ्रेन्च क्लबवाट बाहिरिनु परेको हो। पिएसजीबिरुद्ध मार्सेका लागि एलेक्स सान्चेज र रूस्लान मिलानोभ्स्कीले गोल गरेपछि अन्ततः १४औं पटक फ्रेन्च कप उपाधी विजेता पिएसजी वाहिरिनु परेको हो।
खेलको ३१औं मिनेटमा मार्सेका लागि एलेक्स सान्चेजले पेनाल्टीबाट गोल गर्दै सुरूआती अग्रता दिलाए पनि तर पहिलो हाफको इन्जुरी समयमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याउन सफल भएका थिए।
तर, मार्सेका रूस्लान मिलानोभ्स्कीले खेलको ५७औं मिनेटमा गोल गर्दै पुनः अग्रता दिलाए। त्यसपछि पिएसजीले गरेको केही उत्कृष्ट प्रहार मार्सेका गोल रक्षकले पटक पटक विफल बनाइदिए। मेसी र नेइमार जस्ता खेलाडीकाे आक्रमणलाई पनि मार्सेको बलियो रक्षापङ्तीले रोक्दा पिएसजीको फ्रेन्च कप उपाधीको यात्रा टुंगिन पुगेको थियो।
फ्रान्सेली लिग वानमा मार्से शीर्ष स्थानमा रहेको पीएसजी भन्दा ८ अंकले पछि दोस्रो स्थानमा छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया