डाेल्पामा माटाेमा पुरिएर जाजरकोटका दुई युवक घाइते

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका– २ मा पर्ने रसीमा माटाेमा पुरिएर दुई कामदार गम्भीर घाइते भएका छन।

आइतबार बिहान रसीस्थित माझगाउँभित्र झाेलङ्गे पुल बनाउने क्रममा माटाेमा पुरिएर जाजरकोटकाकाे नलगार्ड नगरपालिका– ५ का दुई युवा घाइते भएको र स्थानीयबासीले माटाेबाट निकालिएको घाइतेका आफन्त लक्ष्मण शाहीले जानकारी दिए।

उनकाअनुसार घाइते हुनेमा नलगार्ड नगरपालिका– ५ का १८ वर्षीया दीपेन्द्र शाही र २१ वर्षीया बद्री शाही रहेका छन्।

घाइते भएका दुईमध्ये एक जनाकाे घुट्टामा फलामकाे छड छिरेकाे र अर्का एकजनाकाे खुट्टा पूरै पिसिएकाे शाहीले बताए। घाइतेलाई लिनकाे लागि त्रिपुरासुन्दरी नगरपालिकाबाट एम्बुलेन्ससहित प्रहरीको टाेली घटनास्थलतर्फ गएकाे छ।

प्रकाशित मिति: : 2023-02-19 10:29:00

प्रतिकृया दिनुहोस्