पेरिसडाँडामा प्रचण्डकाे ‘इन्ट्री’, बालकाेटमा के जाला सन्देश ? (तस्बिरहरु)

यही फागुन २५ गते हुने राष्ट्रपतिकाे निर्वाचनमा कसलाई समर्थन गर्ने भन्नेबारे छलफलकाे लागि डाँकिएकाे नेकपा (माओवादी क्रन्द्र)काे पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।

पूर्व सहमतीअनुसार राष्ट्रपति (नेकपा) एमालेलाई दिन नसकिने भन्दै गाइँगुइँ हल्ला चलाएकाे माओवादीले आजकाे बैठकबाट कसलाई समर्थन गर्ने भन्नेबारे औपचारिक निर्णय गर्न सक्ने अनुमान गरिएकाे छ। माओवादीले यसअघि नै पार्टीकाे बैठक बसेर राष्ट्रपतिमा काँग्रेसलाई सघाउने औपचारिक निर्णय गर्ने बताएपछि सशंकित बनेकाे एमाले बैठककाे निर्णय के आउला भनेर कान ठाडाे पारेर बसेकाे छ। त्यसैले आजकाे बैठकलाई महत्वपूर्ण मानिएकाे छ।

बैठकअघि (आइतबार साँझ) नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए। माओवादीले सत्ता अहिलेकाे गठबन्धन ताेडेर नेपाली काँग्रेससँग अर्काे गठबन्धन बनाउला वा राष्ट्रपतिमा एमालेलाई सघाउला ? भन्नेबारे सबैकाे चासाे बढेकाे छ। आजकाे बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा के सन्देश पठाउला ? त्याे जान्न भने प्रतिक्षा गर्नै पर्ने हुन्छ।

प्रकाशित मिति: : 2023-02-20 17:46:00

प्रतिकृया दिनुहोस्