बिएल संवाददाता
मेची रङ्गशालामा जारी मुस्ताङ–भद्रपुर–झापा गोल्डपकको आजको खेलमा मछिन्द्र क्लब विजयी भएको छ।
मछिन्द्र विजयीसँगै सेमिफाइनलमा प्रवेश गरेको छ। चर्च ब्वाइज युनाइटेडलाई २–१ ले हराउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो।मछिन्द्रको जितका लागि कप्तान सुजल श्रेष्ठ र विमल घर्तीमगरले समान एक-एक गोल गरे। खेलमा सुरुआती अग्रता भने चर्च ब्वाइजले गरेको थियो। खेलको ५४औँ मिनेटमा चर्च ब्वाइजका कप्तान अनन्त तामाङले सुरुआती गोल गरे।
उनले गगनदीप सिंहको क्रसमा हेडमार्फत गोल गरेका थिए। यद्यपि खेलको अन्तिम १० मिनेटमा लयमा फर्किएको मछिन्द्रले लगातार गोल फर्कायो। खेलको ८१औँ मिनेटमा सुजल श्रेष्ठले लामो फ्रिकिकलाई सिधैँ गोलमा परिणत गर्दै मछिन्द्रलाई खेलमा फर्काए। खेललाई बराबरीमा फर्काएपछि उत्साहित मछिन्द्रका खेलाडीले लगत्तै अर्को गोल थपे।
खेलको ८६औँ मिनेटमा घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रको जित सुनिश्चित गरे। मछिन्द्रले फाइनल प्रवेशका लागि अब एपिएफ पुटबल क्लब र काउवार्न बजार प्रगति सङ्घ बङ्गलादेशबीचको विजेतासँग आइतबार खेल्ने आयोजक समितिका अध्यक्ष दीपेश ढकालले जानकारी दिए।
बुधबारको खेलको प्लेयर अफ द म्याच मछिन्द्रका कप्तान सुजल श्रेष्ठ घोषित भए। उनले नगद २० हजार पुरस्कार पाए। आइतबारदेखि सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको अध्यक्ष ढकालले जनाए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया