तस्करीका बादसाह इब्राहिम: चार महिनामा तीन सय पटक सुन बोकेर विमानस्थल छिरे

पर्यटककाे भेषमा नेपाल आउने अफ्रिकन नागरिकले सुन तस्करीको संजाल फैलाएकाे खुलेकाे छ। त्यसरी तस्करीमार्फत् दुबईबाट ल्याइएको सुन नेपाल हुँदै भारत जाने गरेको अनुसन्धानबाट खुलेको छ। एक सुडानी नागरिकले नेपालमा बसेर दुबईदेखि भारतसम्म सुन पुर्‍याउने कनेक्सन मिलाउने गरेको पाइएकाे हाे।

२८ वर्षीय अहमद मोहम्मद इब्राहिम मोहम्मद नेपालमा बसेर दुबईबाट आउने सुनलाई भारतसम्म पुर्‍याउने मिडिएटर भएको खुलेको हो। अंग्रेजी बोल्न जान्ने र नेपालका केही ठाउँको जानकारसमेत रहेका इब्राहिमले काठमाडौँ आइपुगेको सुन आन्तरिक उडानमार्फत विराटनगर हुँदै भारतमा सुन पुर्‍याउने गरेको देखिएको छ।



पाँच ‘डेन्जर’ महिला, जसको अपराध कर्म यस्तो छ

साढे दुई करोड हत्याउन नक्कली बिहेदेखि योजनाबद्ध हत्यासम्म, अत्यमा सबै सपना चकनाचुर



इब्राहिम पहिलो पटक २०२२ नोभेम्बर ३ मा पर्यटक भिसामा नेपाल आएको प्रहरीको अनुसन्धानमा देखिएको छ। नोभेम्बर ६ मा फेरि उनी स्वदेश फर्किए। दोस्रो पटक उनी फेरि सन २०२२ नोभेम्बर २१ नेपाल आए। उनी नेपाल पर्यटक भिसामा आएका उनी सुन तस्करीमा जोडिएका थिए।

विदेशबाट सुन बोकेर आएका मानिसलाई रिसिभ गरेर सुनसहित विराटनगर पुर्‍याएर भारतीय नागरिकलाई सुन दिएर काठमाडौँ फिर्ता आउने उनको नियमित टाक्स थियो। पक्राउ पर्नुभन्दा अगाडि उनले विदेशबाट आएका सुडानी नागरिकलाई सुनसहित १८ पटक विमानबाट सुन लिएर गएको देखिएको छ।

त्यस्तै छोटो समयमा नै उनले भारत, इजिप्ट, नेपाल र युएई लगायतका देशमा ३ सय पटक भन्दा बढी आगमन र प्रस्थान गरेको प्रहरीले जफत गरेको उनको राहदानीबाट खुल्न आएको छ।



११ ‘अपराधी ग्याङ’, जोसँग अमेरिकादेखि जापान डराउँछ

दरबारकी धाईआमालाई घाइते बनाएर घरमा लुटपाट, ३५ लाखको सुनको गिलाससहित लाखाैँको धनमाल लुटियो



पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयले १९ किलो सुन समातेपछि अनुसन्धानको क्रममा इब्राहिमको कनेक्सन खुलेको थियो। ८ गते दुबईबाट सुन बोकेर ल्याएका मोहम्मद अहमद डाफल्ला सराफललाई पक्राउ गरेको थियो।

उनी १५ दिनको पर्यटक भिसामार्फत नेपाल आएका थिए। उनी फ्लाइ दुबईकाे फ्लाइट नम्बर एफ जेड ५३५० हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका थिए। जुन सुन लिएर इब्राइम विराटनगर जाने योजनामा थिए। तर, उनी विमानस्थलमा नै समातिए।

त्यसपछि घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोमा पुगेको थियो। जसमा अन्य सुडानी र भारतीय नागरिकको सुन तस्करीमा संलग्न भएको खुलेको थियो।

दुई महिनापछि भारतमा पनि ७ सुडानी र तीन भारतीय पक्राउ परेका थिए। भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआइ)को टोलीले भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको १ सय १ किलो सुन बरामद गरेको छ।

भारतको दाबीअनुसार सुन दुबईबाट नेपाल भित्रिएर सीमा नाका हुँदै भारतसम्म पुग्ने गरेको देखिएको छ।

बयानमा सुन सुडान ओमड्रममैनस्थित अलशदाह मार्केटमा बस्ने सुडानी नागरिक इब्राहिम अब्दुल नासिरले साढे ३ लाख रुपैयाँ दिने सर्तमा सुन तस्करीको लागि पठाएका थिए।

डाफल्लालाई दुबईमा निधारमा रातो टीका लगाएका जोनीले १९ किलो सुन दिएर नेपाल पठाएको डाफल्लाले प्रहरीमा बयान दिएका छन्।

मोहम्मद पुस ८ गते विमानस्थलको अनुमतिविना प्रवेश निषेधित क्षेत्रमा पासविना नै छिरेको प्रहरीले जानकारी दिएको छ। दुबईबाट सुन बोकेर आएका डाफल्ला सराफललाई नदेपछि उनी विमानस्थलभित्र छिरेका थिए। ह्वाटसेफमा मोल्बाही र उनीबीच पटक-पटक कुराकानी भएको देखिएको छ। उनले अन्तिम पटक विमानस्थलबाट (उताबाट) पठाएको मानिस नआएको भन्दै दुई जनाबीच कुराकानी भएको देखिन्छ।

त्यहाँ पुगेको हो तिमी ?

म अगाडि आसकेँ।

म माथि गएको त्यो मान्छे त देखिनँ त।

किन तिमीसँग त्यो मान्छेको फोटो छैन र ?

हिजो पठाएको फोटो मात्र छ, मसँग त।

म एयरपोर्टको लास्ट पोइन्टमा आसके मान्छे देख्दिन त ?

तिमी जुन ठाउँमा छौँ, मलाई त्यहाँको फोटो पठाऊ त ?

(फोटो पठाउँछ। भ्वाइस म्यासेज गर्छ) नेट खुलेको छैन के भएको छ हो ?

पुलिसलाई सोध त के भएको हो ?

अहिलेलाई छोड्दिनुस्, नसोधौँ एयर अरेबियाको अरु सब मान्छे आइसक्यो ऊ भित्र इमिग्रेसनमा हुनुपर्छ।

त्यसो भए आधा घण्टा पर्ख किनकी त्यसले अङ्ग्रेजी भाषा जान्दैन।

यस किसिमले उनीहरुको कुराकानी भएको देखिएको छ।

सुडानी नागरिक अहमद मोहम्मद इब्राहिम मोहम्मदले सुडानी नागरिकहरु मोहम्मद अहमद डफल्ला शराफेल्डिन, रावा सिद्दीग अहमद मोहम्मद, अशरफ गदल्ला अहमद शारफेल्डिन, अवातेफ अब्दलगफर अलि माला, इब्राहिम अब्दुल नासिर, मोहम्मद अल्बाही, भारतीय बावन बैग, जोनी नाम गरेका एक व्यक्तिसँग मिलेर सङ्गठित रुपमा सुन तस्करी गरेको देखिएको छ।

दुबईमा रहेको समूहले सुन बोकाएर सुडानी नागरिकलाई नेपाल पठाउन गरेको खुल्छ। नेपाल आएपछि केही दिन घुमेर उनीहरु फर्किने गरेका थिए।

प्रकाशित मिति: : 2023-03-12 19:35:00

प्रतिकृया दिनुहोस्