अब बर्लिनका स्विमिङ पुलमा महिलाले टपलेस भएर पौडी खेल्न पाउने 

Westend61/Getty Images
Westend61/Getty Images

अब बर्लिन सहरका सार्वजनिक स्विमिङ पुलहरुमा महिलाले पनि पुरुषले सरह टपलेस पाैडी खेल्न पाउने भएका छन्।

गत डिसेम्बरमा जर्मनीकाे राजधानीमा रहेकाे एक स्विमिङविरुद्ध भेदभावकाे उजुरी परेपछि याे घाेषणा गरिएकाे समाचार संस्था सिएनएनले जनाएकाे छ। महिलालाई यसरी पुरुषले सरह पाैडी खेल्न अनुमति दिनुलाई लैङ्गिक समानताकाे एक कदम मानिएकाे छ।

‘सफल भेदभावको उजुरीको परिणाम स्वरुप बर्लिनमा नुहाउने प्रतिष्ठानहरूले भविष्यमा उनीहरूको घर र नुहाउने नियमहरू लैङ्गिक समानतामा लागु गर्ने छन्,’ बर्लिनको राज्य सरकारले बिहीबार एक प्रेस विज्ञप्तिमा भनिएकाे छ।

बर्लिनमा हालको नियमअनुसार स्वीमरहरुले स्ट्यान्डर्ड स्विमवियर (जस्तै स्विमिङ ट्रंक, स्विमिङ सर्ट, बिकिनी, स्विमिङ सुट, बुर्किनी) लगाउनुपर्छ। तर, अब महिलाले आफ्नो छाती ढाक्नुपर्छ भनेर निर्दिष्ट गरिएको छैन।

यद्यपी, बर्लिन जर्मनीको पहिलो सहर होइन, जसले मानिसहरूलाई टपलेस भएर पौडी खेल्न अनुमति दिएको छ। मध्य जर्मनीको गोएटिगेन सहरले गत मे महिनामा सबै लिङ्गका स्वीमरलाई सार्वजनिक पुलमा टपलेस प्रवेश गर्न अनुमति दिएको थियो।

प्रकाशित मिति: : 2023-03-13 15:59:00

प्रतिकृया दिनुहोस्