'जनयुद्ध'को नोस्टाल्जिया, प्रचण्ड र मनोयुद्ध

शिलापत्र

नरेन्द्रजंग पिटर
File Photo
File Photo

केवल तिनै इतिहासकारलाई अतीतबाट आशाका ज्वाला भड्काउने वरदान प्राप्त हुन्छ, जो पूरै तरिकाले सजग हुन्छन् कि दुस्मनले यदि जित्यो भने त्यसमा हाम्रा मारिएका मान्छेहरू पनि सुरक्षित बच्ने छैनन् र दुस्मनले अझै चढाइ अभियान रोकेकै छैन । –वाल्टर बेन्जामिन 

भूमिका र अवस्थासँगै उनले आफ्नो नाम फेर्दै गए । तर, विश्वास भत्किए, तोडिए, भाँच्चिए र च्यातिए पनि हामीले उनलाई ‘विश्वास’ दाइ भन्दै गयौँ । विगत २५ वर्षदेखि नेपाली राजनीतिको बहसको केन्द्रमा रहेका ‘प्रचण्ड’ पछिल्लो १६ वर्षदेखि संसदीय राजनीतिको ‘किङमेकर’ खेलाडी बने । ‘विश्वास’, ‘निर्माण’हुँदै प्रचण्ड बनेका पुष्पकमल दाहाललाई अहिले प्रचण्ड र दाहालको रिमिक्स गराउने चुनौती पछिल्लो अदालत प्रकरणसँगै  थपिएको छ । केपी ओलीले जस्तै उत्तराधिकारी जन्माउन भने उनले सकेनन् । केपीको उत्तराधिकारी बनेर विद्या भण्डारी आउने भइन् तर प्रचण्डको उत्तराधिकारी को ? 

प्रकाशित मिति: : 2023-03-20 09:24:00

प्रतिकृया दिनुहोस्