विधवा महिला र अविवाहित केटा रमाइरहेकाे काेठामा जब बत्ती बल्छ...

मदन नेपाली

काठमाडाैं

अहिलेकाे पुस्ता दुई ‘आइ’मा अभ्यस्त छ, आइफाेन र आइप्याड। यी दुई कुराका फाइदा विशेष त छन् नै तर उपयाेग गलत तरिकाले गर्दा मानिसकाे क्षमतामा ह्रास आइरहेकाे अनुमान अवश्य पनि गर्न सकिन्छ। अझै भनाैं मानिसले यिनै कुराका कारण स्वतन्त्रताकाे अनुभूति गर्न सकेका छैनन्। त्यसैले त अब जीवन रियल मात्रै रहेन। लाग्छ, अब त मानिस यी कुराबाट कहिले पनि मुक्त हुन सक्दैन।विज्ञान प्रविधिका नयाँ-नयाँ आविष्कारले बस्तीहरु भावनात्मक रुपमा उजाडिएका छन्। मानिसहरुलाई एकअर्कासँग आत्मियता प्रकट गर्ने समय छैन। साथी-भाइबीच हाँस्ने खेल्ने, घुम्ने, समाज र संस्कृति बुझ्नेजस्ता कुराबाट मानिस टाडिँदैछ। हाे, म पनि यही पुस्ताकाे प्रतिनिधि हुँ। यद्यपि, मलाई घुम्न, डुल्न, नाच्न, फिल्म र नाटक हेर्न अनि समाज बुझ्न मन लाग्छ। त्यसैले विज्ञान र प्रविधिकाे याे जालाे छिचाेलेर बिहीबार काठमाडाैँकाे बत्तीसपुतलीस्थित शिल्पी थिएटर पुगेकाे थिएँ, जहाँ घिमिरे युवराजद्वारा लिखित नाटक ‘विमाेक्ष’का पात्रहरु सलबलाइरहेका छन्।


नाटकघरकाे बन्द हलमा कतै पनि नअल्मलिएर हामी सिधैं विषय/वस्तुतिर लागाैँ। ‘विमाेक्ष’ नामै काफी छ, जसले हाम्राे समाजका केही घटनालाई छर्लङ पारिदिएकाे छ। सरल घटनामा उभिएर लेखिएकाे याे नाटक एक पटक हेर्दैमा बुझ्न कठिन हुन पनि सक्छ किनभने यसले तपाईंलाई कुनै एकबिन्दूमा पुर्‍याइ थपक्क बसालेर साेच्न बाध्य बनाउँछ। त्यसैले त याे नाटक अझ रहस्यमय छ। खयर केही छैन, आउनुहाेस् नाटक बुझ्न सजिलाे बाटाेतिर सवार हाैँ...

साँझ ५:३० बजे।

हलका भरिभराउ मानिस ट्वाल्ल परिरहेका बेला मञ्चलाई काउकुती लगाउँदै बिस्तारै छिर्छन्, बत्तीका किरणहरु। रहस्यमय तरिकाले एउटा आलिसान बङ्गलाकाे सुनसान काेठाकाे दृश्य खुल्छ। काेठामा रहेकाे सानदार पलङमाथि अक्सिजन मास्क लगाएर पल्टिरहेकी छिन्, मुमा हरूरकाे विगत रश्मीदेवी। रश्मीदेवी फेरि मुमा हजुरकी सहयाेगी पात्र (सहयोगी र मुमा हजुर)को बाझा-बाझबाट सुरु हुन्छ। झट्ट हेर्दा लाग्छ, सहयोगी र मुमा हजुर फरक पात्र हुन्। नाटकको कथा अगाडि बढ्दै जाँदा सहयोगी पात्र नै मुमा हजुरको अधबैँसे विगत भएर मञ्चमा उत्रन्छे। मुमा हजुर साेफामा बसेर जीवनका दु:ख सुखहरु चुराेडकाे धुँवमा उडाइरहनु भएकाे छ।

रश्मीदेवी पलङबाट जुरुक्क उठेर मुमालाई चुराेट सेवन नगर्न अनुराेध गर्छिन्। चुरोट खासेर सहयाेगीले कच्याक्कुचुक पारिदिन्छिन्। त्यत्तिकैमा ढाेकाबाट आवाज आउँछ, टिरिङ... टिरिङ....

‘ढाेका खुल्लै छ,’ भनेर सहयाेगी आफ्नाे काेठातिर लाग्छिन् तर अधबैँसे रश्मीदेवी भएर।  घरभित्र पाहुनाकाे आगमन हुन्छ। मुमा हजुर पलङमा आसिन हुनुहुन्छ। पाहुना (दीप दर्नाल) हातभरि फूल बाेकर भित्र छिर्छन्। याे कथा एक रातकाे हाे।

मुमा हजुर दमकाे राेगी छिन्। मुमाहरु आफ्नाे प्रेमी कमललाई कुरेर बसेकाे देखिन्छन्। मुमा हजुर र पाहुना दीप दर्नाल भू.पु. प्रेमी हुन्। मुमा हजुर उर्फ रश्मीदेवि र दीप दर्नाल उर्फ कमल घिमिरे।

रश्मीदेविका श्रीमान कर्णेल थिए। कर्णेलकाे घर काठमाडाैँमा थियाे। उनी कहिलेकाहीँ छुट्टीमा घर आउछन्। रश्मीदेवि र कर्णेलका दुई छाेरी छन्। त्यही घरमा रश्मीका सासू-ससुरा पनि छन्।

यता दीप दर्नाल काठमाडाैँमा काेठा खाेज्ने चक्करमा काेठा नपाएपछि नाम र थर परिवर्तन गर्छन्। नाम र थर परिवर्तन गरेपछि प्रतिष्ठित कर्णेलकाे घरमा काेठा पाउँछन्।

१९ वर्षीय कमल घिमिरे अध्ययनकाे सिलसिलामा त्याे घरमा बसिरहेका हुन्छन। कमललाई काेठा दिएकाे केही समयमै रश्मीदेविका श्रीमान कर्णेलकाे लडाइँमा मृत्यु हुन्छ। यता रश्मी देवीलाई ब्यारेकबाट फाेन आउछ। रश्मीदेवि फाेनबाट प्राप्त सन्देशपछि बेहाेस् हुन्छिन्....

[हलका सबै मानिसहरु स्तब्ध हुन्छन्, अब के हुन्छ ? कथालाई अगाडि बढाऔँ।]

बेहाेस भएर पल्टिएकी रश्मीदेविलाई कमलले अङ्गालाेमा राख्छन्। रश्मीदेविलाई अङ्गालाेमा राखेर कमलले गल्ती गरे वा राम्राे ? त्याे हामीले बुझ्नाइमा भरपर्छ।

समय बित्दै जान्छ रश्मीदेवि र कमल अझै नजिक हुँदैछन्। कमलकाे प्रेमले रश्मीदेविबले म विधवा हुँ भन्ने कुरा नै बिर्सिँदै जान्छिन्। यता कमललाई पनि क्याम्पस भन्दा प्याराे काेठा लाग्छन् थाल्छ। उनीहरुकाे प्रेमकाे नयाँ अध्यय अगाडि बढिरहन्छ....

तर,

उनीहरुकाे प्रेम कसरी छुट्याे हाेला ? के दीप दर्नाल र मुमा हजुरकाे पुन: मिलन भएर सँगै जीवन कटाएका हाेलान् ? यति प्रश्नकाे उत्तर खाेज्न चाहिँ तपाईंहरु शिल्पी थिएर पुग्नुपर्छ।

म भने, शिल्पी थिएटरकाे बाहिर चिया पिउँदै तपाईंलाई केही कुरा भन्छु.....

००० 

ल. ताताे चियासँगै कुरा सुरु गराैँ है त:

मलाई त नाटक राम्राे लाग्याे। निर्देशक र कलाकारले राम्राे प्रस्तुत दिए। तर, मेराे गाेजीमा भएका पाँचमध्ये साढे २ वटा स्टार मात्रै मैले याे नाटकलाई दिन्छु। अर्थात् याे नाटकले १०० मा ५० अंक पायाे। अनि, ५० अंक चाहिँ किन पाएन ?

एक घुड्काे चिया खाएर भन्छु....

ल सुन्नुहाेस्:

याे नाटकले सबै पात्रहरुलाई मञ्चमा देखाउन सकेन। याे नाटककाे मुख्य विषय नै जातीय विभेदसँग सम्बन्धित थियाे भने घर चाेख्याउनु पर्ने, रुद्री लगाउनु पर्ने, प्रेम प्रसंगबाहेक खै त ? कर्णेलका बा-आमा ?। 

कहिलेकाहीँ त हामी थिएटरमा ३ घण्टा बस्दा पनि नाटक कतिबेला सकियाे भन्ने थाहा नै हुँदैन तर याे नाटक ठिक विपरीत छ। याे नाटककाे १ सय २० मिनेट समय कटाउन त मुस्किल नै पर्छ। एउटै सेट उनै कलाकार उफ... केही फरक बनाएकाे भए हुने थियाे नि।

अनि, सेटमा पनि त्यस्ताे मिहेनत गरेकाे जस्ताे लागेन। किनभने, मुमा हजुर र दीप दर्नालले कल्पना गरेर अघिल्लाे जीवनबारे साेच्दा माथिल्लाे फाेलरकाे बत्ती बल्छ। अनि तल्लाे फाेलरमा कलाकार स्तब्ध बनेर बसेकाे पनि देखिन्छ। त्यस्तै रिपिटमा माथिल्लाे फाेलरमा लाइट अफ हुन्छ। तल फाेलरमा दर्शक केन्द्रित हुनुपर्नेमा माथिल्लाे फाेलरमा कलाकार तयार हुँदै गरेकाे प्रष्ट देखिन्छ। यस्ता कमजाेरीले देखाउन खाेजिएकाे कथा र कलाकारकाे मिहेनत खेर जान्छ।

खयर केही छैन, याे काम प्राविधिक टाेलीलाई जिम्मा दिऊ। म भने फेरि एक घुड्की चिया खान्छु, अनि कुरा गराैंला।

ल अर्काे कुरा गराैँ है त...

नाटकमा भिडियाे प्रस्तुती दिनु दर्शकलाई टिकाइरहन राम्राे त हाेला तर याे नराम्राे हुन कहाँ जान्छ भने थिएटर नाटक भनेकाे नाटकले कथालाई न्यया दिने हाे। यद्वपि, भिडियाे देखाएर न्यया दिने हाे भने त फिल्म बनाउनुपर्ने किन नाटकामा अल्झिएकाे ? ल त्याे त ठिकै छ, हामी नै बुझाैंला तर अन्तिमकाे दृश्य मैले बुझ्न सकिनँ। बितिसकेकाे कुरासँग वर्तमानकाे कुरा फेस टु फेस कसरी जाेड्न सकिन्छ ? दीप दर्नालले रश्मीदेविकाे घाँटी निमाेठ्छ अनि यता कमल घिमिरे मुमा हजुरलाई मायाले स्याहारछ। ल ठिक छ याे मैले त आफ्नै तरिकाले बुझेँ तर नाटक त दर्शकहरूका लागि हाेला नि हाेइन र ? कि निर्माण पक्षकाे लागि मात्र हाे ? त्यसैले दर्शकले बुझ्ने तरिकाले प्रस्तुत गरे राम्राे हुने थियाे।

यद्यपि, केही प्राविधिक त्रृटिका बाबजुद कथाकाे विषय वस्तु गहन छ। समाज बुझ्न नाटक हेर्ने पर्छ।

ल हजुर...मेराे त चिया पनि सकिएछ। म त घर गएँ। तपाईं भने नाटक हेर्न शिल्पी थिएटर बत्तीसपुतली जानुहाेस्।

प्रकाशित मिति: : 2023-03-25 18:25:00

प्रतिकृया दिनुहोस्

    आह ! क्या दामी प्लट। सारै राम्रो लेखन।

    • एक बर्ष अगाडि
    • दिपेन्द्र पराजुली