 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले निर्वाचनका क्रममा जनतासँग गरिएका सङ्कल्प बिर्सन नहुने बताएका छन्।
नेपाली कांगेस गण्डकी प्रदेश कार्यसम्पादन समितिको सोमबार बसेको बैठकमा उनले प्रदेश तथा सङ्घको निर्वाचनमा आम जनताको विश्वासका कारण पहिलो दल बनेको जनाउँदै उहाँले जनताबीच गरिएका प्रतिबद्धतालाई बिर्सन नहुने बताए।
“हामीले जनतासँग एउटा सङ्कल्प गरेका छौँ, जुन विश्वासलाई अब काममा देखाउने अवस्था आएको छ। हिजोको कामलाई अध्ययनमा राखेर कसैलाई भेदभाव नगरी नकरात्मक टिप्पणी नउठ्ने गरी सावधान रहेर सत्तामा रहेका र पार्टीमा रहेका सम्पूर्णले सकरात्मक काम गर्नुपर्छ”, उनले भने। अब पाँच वर्षपछि निर्वाचनमा जाँदा जनताले प्रत्यक्ष मनन गर्ने गरी काम गरेमा मात्र जनताको आशा र भरोसाले सार्थकता पाउने उनले बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी प्रदेश सरकार बन्ने वातावरण बनेको बताए। कांग्रेसको नेतृत्वमा सरकार बने पनि मन्त्रालयको सङ्ख्या नबढ्ने बताउँदै उनले जनताबाट जश पाउने गरी काम गर्ने विश्वास व्यक्त गरे।
पार्टी तहमा केन्द्र, प्रदेश र जिल्लाले जनमुखी कार्यक्रम गर्दा नजुध्ने गरी काम गर्नुपर्ने उल्लेख गर्दै उनले यसबाट पार्टीका विभिन्न निकाय र जनतामा थप हौसला प्रदान गर्ने बताए।
नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु)ले जिल्ला कार्यसमितिलाई चलायमान, गतिशील व्यवस्थित बनाउनका लागि गण्डकी प्रदेशका ११ जिल्लाका सचिव, कोषाध्यक्ष र सहसचिवसँग अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्ने बैठकले निर्णय गरेको जानकारी दिए।
पार्टी सङ्गठन मजबुद बनाउनका लागि प्रदेशका ११ वटै जिल्लामा एकसाथ पार्टी सदस्यता वितरणको अभियान चलाउने निर्णय गरिएको समेत गरिएको उनले बताए।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया