
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नका लागि तीन दिनदेखि कोशिस गरिरहेका छन्। तर प्रधानमन्त्री अन्य कार्यक्रममा व्यस्त हुँदा भेट्ने समय नपाएको रास्वपाका नेताहरूले गुनासो गरेका छन्।
मन्त्रिपरिषद् विस्तारपूर्व पूर्वगृहमन्त्री लामिछानेले प्रधानमन्त्री प्रचण्डसँग रास्वपा सरकारमा सहभागी हुने–नहुने र राहदानी मुद्दाकाे किनारा लगाउने विषयमा भेटेर कुराकानी गर्न खाेजेकाे बताइएकाे छ।
गृह मन्त्रालय पाएपछि सरकारमा जान सक्ने अभिव्यक्ति दिइरहेका रास्वपा पदाधिकारीहरूले अन्य मन्त्रालय पाउँदा पनि गठबन्धन सरकारमा सामेल हुनुपर्ने मत राखेका छन्।
आफूहरूको दाबी गृह मन्त्रालय नै भएको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जनाएका छन्। सभापति लामिछानेले केही दिनदेखि प्रचण्डलाई भेट्न खोजिरहेको बालुवाटारनिकट स्रोतले जनाएको छ।
प्रधानमन्त्रीका कानूनी सल्लाहकारसमेत रहेका महान्यायाधिवक्ता डा .दिनमणी पोखरेलकाे कार्यालयमा लामिछानेकाे राहदानी मुद्दाको फाइल रहेकाे छ। उक्त मुद्दा सुल्झाउन पनि लामिछानेले प्रचण्डसँग भेट्न खाेजिरहेकाे बुझिएकाे छ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया