हिमाल खबर
सुरक्षा चुनौती, सामथ्र्य र आवश्यकताहरूले अहिले नेपाली सेनामा सांगठनिक पुनःसंरचनाको टड्कारो आवश्यकता औंल्याइरहेका छन्। सेनालाई मुलुकको अस्तित्व रक्षा गर्ने अन्तिम भौतिक शक्तिका रूपमा समयानुकूल र आधुनिक बनाउन ढिलो भइसकेको छ। तर, सैनिक नेतृत्व, सरकार र राजनीतिक दल यसतर्फ अग्रसर देखिँदैनन्।
हाम्रो तत्कालको चुनौती भारत वा चीनको सैन्य शक्ति होइन, तर छिमेकी देशमा देखिएका सुरक्षा जोखिमका बाछिटा यहाँसम्म आइपुग्ने खतरा छ। यिनमा इस्लामिक आतङ्कवादी संगठन (आईएसआई) का गतिविधिदेखि साइबर सुरक्षासम्म छन्। आतङ्कवादी गतिविधि गर्नेहरू नेपाल पसे/नपसेको यकीन गर्न हाम्रा सुरक्षा संयन्त्र सक्षम देखिँदैनन्।
अमेरिकी विदेश मन्त्रालयको वार्षिक प्रतिवेदनले नेपाल आतङ्कवादी संगठनको ‘हब’ बन्दै गएको औंल्याउँछ। विगतमा त्यस्ता केही व्यक्ति पक्राउ परेको घटनाले अमेरिकी धारणालाई पूरै असत्य मान्न सकिँदैन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया