बिरामी पर्न थाले मिटरब्याज पीडित, लगियो अस्पताल (भिडियाेसहित)

बर्दिबासदेखि १२ दिनको पैदल यात्रा गरेर काठमाडौं आएका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन्।

मंगलबारदेखि काठमाडौंमा आन्दोलनरत पीडितहरु बिरामी पर्न थालेपछि केहीलाई अस्पताल लगिएको छ।

बिहीबार बिहान वीर अस्पतालबाट मिटरब्याज पीडित बसेकै ठाउँ (अनामनगर)मा आएर डाक्टरले चेकजाँच गरेका थिए। त्यसपछि केहीको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुलाई चेकजाँचका लागि वीर अस्पतालमा लगिएको छ।

बिरामी परेकाहरुमध्ये एक जनाको दिशामा रगत देखिने समस्या छ। अन्य पाँच जनाको भने प्रेसर उच्च देखिएको वीर अस्पतालका सिनियर पारामिक्स अफिसर पाण्डपराज बरालले बताए।

उनकाअनुसार बिरामीमा थकानसम्बन्धी समस्या देखिएको छ। तर संक्रामक रोगको भने कसैलाई पनि संक्रमण नदेखिएको बरालले जानकारी दिए।

उनले मिटरब्याज पीडित बिरामीलाई बीर अस्पतालले निःशुल्क उपचार गर्ने बताए।

मिटरब्याजलाई अपराध मानिने गरी कानुन संशोधनका लागि प्रक्रियामा लैजाने सरकारकाे निर्णय

‘श्रीमान जेलमा हुनुहुन्छ, जमिन फिर्ता र तमसुक खारेज नभइ घर फर्किँदैनौँ’ (भिडियाेसहित)

प्रकाशित मिति: : 2023-03-30 19:20:00

प्रतिकृया दिनुहोस्