
नवीन रायमाझी
प्राय: सबै ‘जनरा’को सिनेमामा ‘फिट’ अजय देवगन विशेष गरेर एक्सन सिनेमा प्रेमीहरुबीच चर्चित छन्। बिहीबार (३० मार्च) रिलिज ‘भोला’ यस्तै एक्सन सिनेमा हो, जसमा देवगन नायकको साथै निर्देशक पनि हुन्। तामिल भाषाको सुपरहिट सिनेमा ‘केथी’को रिमेक यो सिनेमामा पनि देवगनले आफूलाई एक्सन नायकको साथै कुशल निर्देशक पनि प्रमाणित गरेका छन्।
सिनेमाको कथाअनुसार एसीपी डायना जोसेफ (तब्बु)ले आफ्नो ज्यानको बाजी लगाएर लागु पदार्थ (कोकिन)ले भरिएको ट्रकलाई आफ्नो कब्जामा लिन्छिन र प्रहरी चौकीको गुप्तस्थानमा लुकाउँछिन। करिब एक हजार करोडको त्यो लागु पदार्थ राखेको स्थान गोप्य राख्नुपर्ने कुरामा उनका हाकिम (किरण कुमार) पनि सहमत छन्। त्यसै प्रहरी चौकीमा लागु पदार्थका तस्करको नाइके (दीपक डोबरियाल)को जासुस भ्रष्ट प्रहरी (गजराज राब) पनि छ, जसले सबै सूचना तस्कर कहाँ पुर्याउँछ। तस्करको क्रुर भाइ (बिनित कुमार)ले त्यो भ्रष्ट प्रहरीसँग मिलेर डायना जोसेफलाई एउटा घटनामा फसाउने काम गर्छ, जो उनले गरेकी होइनन।
आफूमाथि भएको षड्यन्त्रले डराएर डायना जोसेफले त्यो लागु पदार्थको सुरक्षाको लागि भोला (अजय देवगन)सँग सहयोग माग्छिन, जो हालै जेलबाट निस्केका हुन्। भोलालाई जेलमा हुँदै आफ्नो एउटा छोरी लखनउमा रहेको जानकारी छ र ऊ आफ्नो छोरीसँग छिटोभन्दा छिटो भेट्न चाहन्छ। त्यो लागु पदार्थको सुरक्षा प्रहरी चौकीको नयाँ इनिस्पेक्टर (सन्जय मिश्रा) र उनका तीन साथीको जिम्मेवारीमा आउँछ। के भोला डायनाको मद्दत गर्छन कि छोरीलाई भेट्न जान्छन ? तस्करले आफ्नो जासुसको सहयोगबाट त्यो लागु पदार्थ फुत्काउन सफल हुन्छ ? यस्ता खुलदुली मेट्न भने सिनेमा नै हेर्नुपर्छ।
अजय देवगन, तब्बु, दीपक डोबरियाल, बिनित कुमार र सन्जय मिश्राको अभिनय उत्कृष्ट छ र उनीहरुले आफ्नो भूमिकामा न्याय गरेका छन्। भोलाको पत्नीको सानो भूमिकामा अमला पालले अथिति भूमिका गरेकी छिन, जो सामान्य छ। अन्य कलाकारहरुको अभिनय पनि सामान्य नै छ।
निर्देशकको रुपमा देवगनले मुटु हल्लाउने एक्सन सिनेमाको निर्माण गरेर आफ्ना दर्शकहरुलाई मनोरञ्जन दिएका छन। सात मिनेटको एउटा गाडीको ‘चेजिङ सिन’ छ, जो निकै डरलाग्दो छ, जसको श्रेय द्वन्द निर्देशक द्वय रमजान बुलुत र आरपी यादबलाई जान्छ। असिम बजाजको छायांकन, रवि बसरुरको सङ्गीत उत्कृष्ट छ। बनारसको गंगा आरतीको ड्रोनले खिचेको दृश उत्कृष्ट छ।
एक्सन सिनेमा प्रेमी र अजय देवगनका प्रशंसकहरुले यो सिनेमाबाट पूर्ण मनोरञ्जन पाउने कुरामा दुईमत छैन।
@twitter#naviinr
भिडियाे:
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको अन्तराष्ट्रिय दिवसः न्यायको आशा न भरोसा!
बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता
इतिहासमा भदौ ९- भक्तपुर काण्ड (कालो दिवस)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया