ध्रुब बस्याल
‘स्वास्थ्य मन्त्री बन्नका लागि दुई करोड घुस’ मागेपछि विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले घुमाउरो शैलीमा ‘सार्वजनिक अडियो तीन महिनाअघिको भएको’ स्वीकार गरेका छन्।
सभापति रवि लामिछाने र ‘कोर टिम’सँगको निर्णायक वार्तापछि उनले आफूलाई फसाउन खोजिएको आधारहीनतर्फ दोहोर्याएका छन्। पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले अडियो अहिलेको नभएको बताएका हुन्।
माघ १ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ माग गरेको भनिएको अडियो चैत २६ मा सार्वजनिक भएको थियो। ‘जनवरी, फेब्रुअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गरिएको हो,’ उनले भने, ‘यो पार्टीको तीनवटै निर्वाचन क्षेत्र हराउन खोजेको हो। सुनियोजित योजना हो।’
स्रोतकाअनुसार सभापति लामिछाने र घुस काण्डमा मुछिएका ढाकाकुमारबीच तत्कालन पार्टीका सबै जिम्मेवारीबाट बाहिरिने सहमति भएको छ।
‘आजको बैठकमा ढाकाजीले बाहिर आएको अडियो तीन महिनाअघिको भएको बताउनुभएको छ,’ राष्ट्रिय स्वतन्त्र पार्टीका एक सदस्यले बिएल नेपाली सेवालाई भने, ‘उहाँको आवाज हो भन्ने कुरामा दुईमत रहेन तर उपनिर्वाचनलाई ध्यानमा राखेर उहाँलाई कारबाही गर्ने सहमति भएको छ।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया