हिमाल खबर
गत फागुन ६ गते सेना दिवसको अवसर पारेर नेपाली सेनाले तीन जना पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गर्यो। पदक पाउने तीनै जना सेनासँग सम्बन्धित बिटमा रिपोर्टिङ गर्छन्। समाजको विभिन्न विधामा विशिष्ट योगदान पुर्याउने महानुभावलाई पदक वितरण गर्ने सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारी बताउँछन्।
सेनाले जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ माघ २८ गते पाँच जना पत्रकारलाई पुरस्कृत गर्यो। भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन गर्न पुर्याएको योगदानको कदर गर्न पुरस्कार दिएको पुरस्कार वितरण कार्यक्रममा बताइएको थियो। ती पत्रकार पनि अख्तियार, अदालत तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
अख्तियारले जस्तै काठमाडौं महानगरपालिकाले पनि २०७५ सालदेखि ‘सुशासन पत्रकारिता पुरस्कार’ वितरण गर्दै आएको छ। यो पुरस्कार पनि काठमाडौं महानगर सम्बन्धी समाचार लेख्नेलाई नै बाँडिन्छ। हरेक वर्ष १० जना पत्रकारलाई दिइने यो पुरस्कारको राशि ५० हजार छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया