कङ्गोमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुग्यो

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको एक अधिकारीले आइतबार जानकारी दिएका छन्।

कालेहे क्षेत्रका प्रशासक थोमस बाकेङ्गाका अनुसार गत साताको बाढीपछि कम्तीमा ३९४ जनाको शव निकालिएको छ।

उनले शनिबार बाढी र पहिरोका कारण कम्तीमा २०३ जनाको मृत्यु भएको घोषणा गरेका थिए। 

दक्षिण किवु प्रान्तको कालेहे क्षेत्रमा बिहीबार भएको भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेपछि बुसुशु र न्यामुकुबी गाउँहरूमा पहिरो गएको थियो। 

'अहिलेसम्म ३९० भन्दा बढी शवहरू फेला परेको हामीलाई जानकारी प्राप्त भएको छ,' उनले आइतबार टेलिफोनमा एएफपीसँग भने। 

उनका अनुसार बुसुशुमा १४२, न्यामुकुबीमा १३२ र इदज्वी नजिकैको किवु तालमा १२० शव तैरिरहेको अवस्थामा फेला परेका थिए।

बिहीबारदेखि लगातार मृतकहरू भेटिएका उनीहरूको सरकारी अधिकारी र सम्भवभएसम्म आफन्तको उपस्थितिमा अन्त्येष्टि गरिएको बाकेङ्गाले बताए।

प्रकाशित मिति: : 2023-05-08 05:39:00

प्रतिकृया दिनुहोस्