आइपिएल पर्पल क्यापकाे लागि शामी र रशिद खान प्रतिस्पर्धामा

जारी १६औँ संस्करणको टाटा इन्डियन प्रिमियर लिग (आइपिएल)मा गुजरात टाइटानका मोहम्मद शामी र रशिद खानबीच पर्पल क्यापको लागि कडा प्रतिस्पर्धा चलिरहेकाे छ। गुजरात टाइटानका यी दुवै खेलाडीले १३ खेलमा समान २३/२३ विकेट लिएर क्रमशः पर्पल क्यापको पहिलो र दोस्रो स्थानमा रहेका छन्।

आइपिएलमा सबैभन्दा बढी विकेट लिने खेलाडीलाई पर्पल र सबैभन्दा बढी रन बनाउने खेलाडीलाई अरेन्ज क्याप दिइन्छ। गत वर्षको पर्पल क्याप २७ विकेटका साथा राजिस्थान रोयल्स्का युजवेन्द्र चहल जितेका थिए। उनी अहिले पनि प्रतिस्पर्धामा छन्।

जारी आइपिएलका कुल ६५ खेल सकिँदा मोहम्मद शामी सबैभन्दा धेरै विकेट लिएर पर्पल क्यापको हकदार बनेको छन्। भने, तालिकाको पुच्छारमा रहेका चेन्नाई सुपर किंग्सका मथिहा पथिराना १३ विकेट लिएर १५औँ स्थानमा छन्।

यी हुन् यस वर्षको आइपिलमा पर्पलर क्यापको प्रतिस्पर्धामा रहेको पाँच खेलाडी

१. मोहम्मद शामी (गुजरात टाइटान)

आइपिएल– २०२३ मा हालसम्म सबैभन्दा बढी विकेट लिने खेलाडी गुजरातका मोहम्मद शामी हुन्। उनले १३ खेलमा २३ विकेट लिएका छन्। उनी अहिलेसम्मको पर्पल क्यापका प्रमुख हकदार हुन्।

राइट आर्मस् फास्ट बलर उनले सनराइर्जस् हैदरावादीविरुद्ध मात्रै ४ विकेट लिएका थिए। उक्त खेलमा उनले महत्वपूर्ण ४ विकेट लिँदा उनको टिम आइपिएलको प्लेअपमा पुग्ने पहिलो टिम बनेको छ।

उनले सन् २०१३ मा कोलकात्त किंग्स राइडरबाट आइपिएलमा डेब्यू गरेका थिए।

२. रशिद खान (गुजरात टाइटान)

गुजरात टाइटानस्कै लेग स्पिनर रशिद खान पनि पर्पल क्यापका हकदार हुन्। उनले पनि १३ खेलमा २३ विकेट लिएका छन्। उनी पर्पल क्याप हकदारको दोस्रो स्थानमा रहेका छन्।

उनी शामीलाई पछि पारेर पर्पल क्याप जित्ने दौडमा छन्। एउटै टिमका रहेका शामी र खानले समान विकेट लिएर कडा प्रतिस्पर्धा गरिरहेका छन्।

खानले सन २०१७ मा सनरार्जस् हैदरावादबाट आइपिएलमा डेब्यू गरेका हुन्।

उनले आइपिएलमा हालसम्म १ सय ५ खेलबाट १ सय ३५ विकेट लिएका छन्। उनले डेब्यु वर्षमा नै १४ खेलबाट १७ विकेट लिएका थिए।

उनी टि– २० मा सबैभन्दा धेरै विकेट लिनेमा विश्वको दोस्रो स्थानमा छन्।

३. युजवेन्द चहाल (राजस्थान रोयल्स)

त्यस्तै जारी आइपिएलमा पर्पल क्यापको प्रतिस्पर्धाको तेस्रो स्थानमा राजस्थानका युजवेन्द चहाल रहेका छन्। उनी अघिल्लो वर्षका पर्पल क्याप विजेत खेलाडी हुन्।

उनले यस वर्ष कुल १३ खेलमा २१ विकेट लिएका छन्।

४. पीयूष चहावाल (मुम्बई इन्डियनस्)

मुम्बई इन्डिन्यस्का स्पिनर हालसम्म यस वर्षको आइपिएलमा चौंथो धेरै विकेट लिने खेलाडी बनेका छन्।

सन् २००८ बाट आइपीएलमा डेब्यू गरेका उनले हाल जारीको आइपिएलमा १३ खेलमा २० विकेट लिएका छन्। पहिलो पटक किंग्स ११ पन्जाबबाट आइपिएल खेल्न सुरु गरेका उनले हालसम्म १ सय ७७ आइपिएल म्याच खेलेका छन्।

३५ वर्षीय चाहावले आइपिएलमा उत्कृष्ट प्रदर्शनका साथ पर्पल क्यापको दौडमा छन्।

५. वरण चक्रवती (कोलकत्ता किंग्स राइडरस)

कोलकत्ता किंग्स राइडरस्का वरण चक्रवती पनि जारी आइपिएलमा पर्पल क्याप जित्ने दौडमा छन्। उनी १३ खेलमा १९ विकेटसहित पाँचौं स्थानमा छन्।

सन् २०१९ बाट कोलकत्ता किंग्स राइडरबाट डेब्यू गरेका उनले आइपिएलमा ५५ खेलबाट ६२ विकेट लिएका छन्।

यी हुन् हालसम्म पर्पल क्याप जित्ने खेलाडी :

 ः

प्रकाशित मिति: : 2023-05-22 11:34:00

प्रतिकृया दिनुहोस्