शुक्रबार, ११ जुलाई २०२५

शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-05-23 16:43:00
News Image
• • •

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा पक्राउ परेका १६ जनालाई दुई दिन म्याद थप गरिएको छ।

मंगलबार जिल्ला अदालत काठमाडौँले पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो। यससँगै उनीहरु अझै दुई दिन हिरासतमा बस्नेछन्।

प्रहरीले सोमबार (हिजो) १६ जनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एमाले)का निलम्बित सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा ईन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन्।

याे प्रकरणमा पक्राउ परेका १६ जनासहित ३२ जनाको संलग्नता देखिएको छ। सोही प्रकरणमा आरोपित पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा नीरज राईसहितका व्यक्तिहरु फरार छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?