सन्दर्भ- मदर्स डे

हिमाल खबर

कमला अधिकारी लोहनी

नेपाली पात्रो अनुसारको आमा दिवस अर्थात आमाको मुख हेर्ने दिन बितेको केही हप्तामात्र भयो । आमालाइ ख्वाउने दिनका नामले चिनिने त्यो दिन मेरा लागि बडो कष्ट र पीडासाथ पहिलो पटक बित्यो । त्यो पीडा कम नहुँदै फेरि अमेरिकी क्यालेण्डर अनुसारको आमालाइ सम्झने, भेट्ने जे र जसरी भनेपनि ‘मदर्स(डे’ का नामले पुकारिने दिन आजै परेको छ । यही पीडाका बीच पनि केही शव्द कोर्न जाँगर पलाएको छ ।

सन २०२२ मार्च महिनाको तेस्रो हप्ता थियो । कर्मथलो अमेरीकामा एक हप्ताको स्प्रिङ ब्रेक सुरु भयो । छोरा संयमको कलेज छुट्टी भएको मौका पारेर हामी २र४ दिन घुम्न निस्कियौं । संसारभर फैलिएको कोरोनाले परदेशको बास बिथोलेको लगभग तीन बर्ष भैसकेको थियो । स्थिति अलि सहज हुँदै गएकोले हामी निर्धक्क घुम्न निस्कियौं ।

प्रकाशित मिति: : 2023-05-29 05:39:00

प्रतिकृया दिनुहोस्