बिएल संवाददाता
वरिष्ठ अधिवक्ता तथा सामाजिक अभियान्ता स्वागत नेपालले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सर्तमा रामचन्द्र पौडेल राष्ट्रपति बनेको आरोप गम्भीर लगाएका छन्। अधिवक्ता नेपालले बिएल नेपाली सेवासँगकाे कुराकानीकाे क्रममा साे आराेप लगाएका हुन्।
संसदले निर्वाचित गरेको राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने प्रचलन नरहेको बताउँदै शवदाह गरेको विधेयक चिहानबाट उठेर आएको बताउँदै उनले राष्ट्रपति पाैडेलकाे आलाेचना गरे।
‘संसदले निर्वाचित गरेकाे राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुने प्रचलन छैन। यो विधेयक एउटा मृत विधेयक हाे, त्यसैले संसदीय व्यवस्थामा राष्ट्रपतिले यसरी प्रमाणित गर्नु उचित हाेइन,’ नेपालले भने,‘यो विधेयक फेरि चिहानबाट उठेर आएको छ, जो शवदाह गरेको ठाँउबाट ब्युँतिएर आएको छ। रामचन्द्र पौडेल नागरिकता विधेयक प्रमाणीकरण गर्ने सर्तमा नै नयाँ तथा पुराना देशी/विदेशी एजेण्डहरुसँग सर्त गरेर राष्ट्रपति बनेकाे जगजाहेर छ। यो ऐतिहासिक दुर्घटना निम्तिने गरी राष्ट्रको आँगनमा साँझ पर्न लागेको छ। नागरिकता विधेयकलाई स्वीकार्ने सबैले दोष व्यहाेर्नुपर्छ।’
पूर्वराष्ट्रपतिबाट परिमार्जन गरिएको बुँदा र संसदले पठाएको बुँदाहरु ग्रहण नगरी प्रमाणीकरण गरेको उनले जिकिर गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक आजै प्रमाणीकरण गरेका हुन्। त्यसैले यसको चौतर्फी विरोध भइरहेको छ।
भिडियाे :
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया