बिएल संवाददाता
मलेसियालाई हराउँदै नेपालले पाँच खेलको महिला टि-२० आई सिरिज हात पारेको छ। मलेसियालाई ३ विकेटले विकेटले पराजित गर्दै नेपालले शृंखला ३-२ ले जितेको हो।
आइतबार घरेलु टोली मलेसियाले दिएको ११० रनको लक्ष्यमा नेपालले १९.२ ओभरमा ७ विकेट पूरा गर्यो। नेपालको जितका लागि ओपनर सीता राना मगरले सर्वाधिक ३७ बलमा ६ चौकासहित ३४ रनको योगदान गरिन्।
यता, कप्तान रुबिनाले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् भने ओपनर कविता कुँबर पहिलो ओभरमा व्यक्तिगत ४ रनमा आउट हुन पुगेकी थिइन्।
त्यस्तै, दोस्रो ओभरमा सीता रानामगर र ईन्दु बर्माले १५ साझदारी गरे। अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योति पान्डे ११ रनमा अविजित रहिन्।
नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो।
त्यस्तै, तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो भने सिरिजको चौथो खेलमा मलेसियाले ६ विकेटले जितेको थियो।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया