बिएल संवाददाता
मलेसियालाई हराउँदै नेपालले पाँच खेलको महिला टि-२० आई सिरिज हात पारेको छ। मलेसियालाई ३ विकेटले विकेटले पराजित गर्दै नेपालले शृंखला ३-२ ले जितेको हो।
आइतबार घरेलु टोली मलेसियाले दिएको ११० रनको लक्ष्यमा नेपालले १९.२ ओभरमा ७ विकेट पूरा गर्यो। नेपालको जितका लागि ओपनर सीता राना मगरले सर्वाधिक ३७ बलमा ६ चौकासहित ३४ रनको योगदान गरिन्।
यता, कप्तान रुबिनाले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाइन् भने ओपनर कविता कुँबर पहिलो ओभरमा व्यक्तिगत ४ रनमा आउट हुन पुगेकी थिइन्।
त्यस्तै, दोस्रो ओभरमा सीता रानामगर र ईन्दु बर्माले १५ साझदारी गरे। अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योति पान्डे ११ रनमा अविजित रहिन्।
नेपाल पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको थियो।
त्यस्तै, तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो भने सिरिजको चौथो खेलमा मलेसियाले ६ विकेटले जितेको थियो।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया