बिएल संवाददाता
सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरू सवार रहेको जीप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडक खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो।
जीपमा सवार तीन जनामध्ये दुई जनाको शव र जीप फेला परेकाे छ। सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोर टोलीले सवा ६ बजे बा १ झ ७४६७ नम्बरको जीप र दुई जनाको शव निकालेको हो।
शवको भने पहिचान हुन नसकेको शिक्षालय कुरिनटारका सह–प्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। बेपत्ता तीन जनामध्ये एक जनाको अवस्था अझै अज्ञात रहेको छ।
शुक्रबार भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जीपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेल सवार सवार रहेका थिए।
जीप चालक कृष्ण चौधरी सोही दिन नै घाइते अवस्थामा आफैँ पौडिएर नदीबाट निस्किएका थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया