बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारत जाने दिन नै राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुने संयोग मात्रै रहेको बताएका छन्। आज (बुधबार)को राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जेठ २४ गते मात्रै नागरिकता प्रमाणीकरण गर्न सुझाव दिएको बताए।
‘नागरिकता विधेयक मैले भारत जाने दिन प्रमाणीकरण होस् भन्ने होइन। तर, राष्ट्रपति कहाँ म भारत जाँदै छु यो–यो गर्नु भन्न गएको थिएँ। म त २४ गते हुने बजेटमाथिको छलफलको दिन होस् भन्ने चाहन्थे,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भारत जानुअघि मैले बेकारमा किन गर्नु भन्थे हुँला र ?’
प्रधानमन्त्री प्रचण्डले नागरिकता रुपमा नभएर संविधानविद् र कानुनविद्सँग छलफल गरेर मात्रै राष्ट्रपति कार्यालय पठाएको बताए। उनले राष्ट्रिपतिलाई विधेयक प्रमाणीकरणको लागि सुझाव मात्रै दिएको र राष्ट्रपतिले आफ्नो छलफलपछि प्रमाणीकरण गरेको बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया