
बिएल संवाददाता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारत जाने दिन नै राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुने संयोग मात्रै रहेको बताएका छन्। आज (बुधबार)को राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिलाई जेठ २४ गते मात्रै नागरिकता प्रमाणीकरण गर्न सुझाव दिएको बताए।
‘नागरिकता विधेयक मैले भारत जाने दिन प्रमाणीकरण होस् भन्ने होइन। तर, राष्ट्रपति कहाँ म भारत जाँदै छु यो–यो गर्नु भन्न गएको थिएँ। म त २४ गते हुने बजेटमाथिको छलफलको दिन होस् भन्ने चाहन्थे,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘भारत जानुअघि मैले बेकारमा किन गर्नु भन्थे हुँला र ?’
प्रधानमन्त्री प्रचण्डले नागरिकता रुपमा नभएर संविधानविद् र कानुनविद्सँग छलफल गरेर मात्रै राष्ट्रपति कार्यालय पठाएको बताए। उनले राष्ट्रिपतिलाई विधेयक प्रमाणीकरणको लागि सुझाव मात्रै दिएको र राष्ट्रपतिले आफ्नो छलफलपछि प्रमाणीकरण गरेको बताए।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया