महेश नेपाली
तातोपानी–४ गिडीखाेलाका मुकुन्द नेपालीले स्थानीय किशाेरीसँग भागेर गएकाे साता बिहे गरे।
२० वर्षीय मुकुन्दले उमेर नखुलेकी उनै किशाेरीसँग प्रेमपछि अन्तरजातीय विवाह गरेकाे स्थानीयहरू बताउँछन्।
केटी पक्षले भनेअनुसार हाल उनीहरू बाँके जिल्लामा छन्। किशाेरीले मुकुन्दसँग भागेर घरजम गरेलगतै आफूहरू बाँके आएकाे आफन्तलाई फाेनमा भनेकाे बुझिएकाे छ।
मुकुन्द र किशाेरीले अन्तरजातीय विवाह गरेकाे चार दिन पछि 'दलित केटा'काे घरमा एक्कासी आगाे लागेकाे मुकुन्दका माइला दाइ भरत नेपालीले बताएका छन्।
'भाइले अन्तारजातीय बिहे गर्नु र त्यसकाे चार दिन पछि आगाे लाग्नु संयाेग नभएर याेजना हाे,' उनले भने, 'याे काम केटी पक्षका दाइले गराएकाे भनी किटानी दिने तयारी गरेका छाैँ।'
तीन तलाकाे घर जलेर पूरै नष्ट भएकाे हाँकु प्रहरी चाैकीका इन्चार्ज राजेन्द्र गिरीले बताएका छन्।
'घर आगलागी भएकाे कुरा जिल्ला प्रहरी कार्यालयबाट आएपछि हामी यहाँ पुगेका हाैँ,' उनले भने, 'क्षतिकाे विवरण निकाल्दैछाैँ। घटनाका अनुसन्धान भइरहेकाे।'
भिडियाे :
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया