ध्रुब बस्याल
काठमाडौँ महानगरपालिकाले ललिता निवासको जग्गामा भएका अवैध संरचना हटाउन निर्देशन दिएको छ।
बालुवाटारस्थित ललिता निवासको जग्गामा पुगेको महानगर प्रहरी बलको टोलीले यहाँ भएका संरचना हटाउन निर्देशन दिएर फर्किएको छ।
ललिता निवासको जग्गा रहेको गैरआवसीय नेपाली संघ (एनआरएनए)को कार्यालय पछाडिको क्षेत्रमा भाटभटेनी सुपर मार्केटले स्टोर बनाएको छ। त्यस्तै सोही क्षेत्रमा अवैध रुपमा सामानहरु थन्क्याइएको छ।
यहाँ बनेका संरचनालाई सात दिनभित्र हटाउन निर्देशन दिएकाे महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। उनले स्थायी संरचनाहरलाई भने कानुनअनुसार कारबाही गरिने बताए।
महानगरको टोली ललिता निवासको जग्गामा तारबार लगाउन तयारी स्वरुप यहाँ आएको हो।




सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया