काठमाडाैंमा सुरक्षा चुनौतीः पूर्वराजा–विप्लवदेखि दुर्गा प्रसाईंसम्म

ध्रुब बस्याल

काठमाडाैँ
BreaknLinks
BreaknLinks

नेपाल प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाह र विप्लव समूहदेखि दुर्गा प्रसाईंसम्मलाई काठमाडौंको मुख्य सुरक्षा चुनौतीका रूपमा चित्रण गरेकाे छ। 

काठमाडौंको प्रहरी परिसरले पूर्वराजा ज्ञानेन्द्र शाह, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र ‘भाइरल–म्यान’ दुर्गा प्रसाईंलाई काठमाडाैंमा सुरक्षा चुनौती खल्बल्याउन सक्ने पात्र र समूहका रुपमा देखाएकाे हो। 

शाह–प्रसाईंलाई गणतन्त्र विराेधी र हिन्दूवादीकाे ट्याग लगाइएकाे छ भने नेकपा महासचिव ‘विप्लव’लाई सरकार–संसद् विराेधी समूह ठम्याएकाे छ।

बेलाबेला चर्किँदै आइरहेकाे राजतन्त्र पुनःस्थापनकाे मुद्दालाई पूर्वराजा आफैले महत्व दिएर देश–विदेशकाे यात्रामा छन्। 

राजावादीहरूले याे वा त्याे नाममा गणतन्त्रप्रति आक्राेश पाेख्दै जाेडताेरले उठाइरहेकाे राजतन्त्र पुनःस्थापनकाे मुद्दालाई पूर्वराजाले मलजल गर्दा चुनाैती थपिएकाे अधिकारीहरू बताउँछन्।

विप्लव नेतृत्वको नेकपाले शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि ‘चन्दा आतंक’ मच्चाइरहेकाे प्रहरी स्राेतकाे दाबी छ। तत्कालीन सरकारसँग तीन बुँदे राजनीतिक सहमति गरेर खुल्ला राजनीतिमा आउँदासमेत पुरानै धङधङी नछोडेको विप्लव र उनकाे समूहप्रति प्रहरीकाे नजर फेरिएकाे छैन। 

विगत तीन महिनादेखि माइतीघर मण्डलामा राजतन्त्रकाे मुद्दा उठाएर धर्ना बसिरहेकाहरूलाई राप्रपाका सांसदहरूले संसदमा चर्काउने अभिव्यक्तिलेे झन मलजल गरिरहका छन्। 

‘राष्ट्र–राष्टियता र धर्म संस्कृती बचाउ अभियान’का नाममा बैंक तथा वित्तिय संस्थाका विरुद्धमा प्रसाईंले समूह बनाएर चलाएका अभियानलाई पनि प्रहरीले सुरक्षा चुनौतीका रूपमा औंल्याएकाे छ। अनि प्रसाईं र उनका गतिविधिलाई प्रहरीले निरन्तर पछ्याइरहेकाे छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार आर्थिक वर्ष २०७९/८०को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै सुरक्षा चुनौतीका सूचकाङ्कहरू प्रस्तुत गरेकाे हाे।

प्रतिवेदन सार्वजनिक गर्दै विभिन्न राजनैतिक दलका विरोध प्रर्दशन अनि पूर्वराजाको समर्थनमा गणतन्त्र तथा धर्म निरपेक्षता विपरीतका गतिविधिलाई सुरक्षा चुनौतीका रूपमा हेरिएको एसएसपी दानबहादुर कार्कीले जाकारी दिएका छन्। 

प्रमुख कार्कीका अनुसार विभिन्न राजनैतिक आवरणमा हुने संविधान तथा कानुन विपरीत कार्यहरू, आर्थिक गतिविधि, धार्मिक तथा साम्प्रदायिक गतिविधि, सडक दुर्घटना तथा ट्राफिक व्यवस्थापन सुचना प्रविधि तथा सामाजिक सञ्जालसँग जोडिएका अपराधहरू, जात्रा पर्व मेला महोत्सवको सुरक्षा व्यवस्थापन, विपद व्यवस्थापन, लागु औषध नियन्त्रण, विभिन्न अपराधिक गतिविधि  नियन्त्रण लगायतका चुनौतीहरू पनि रहेकाे बताएका छन्। 

बितेको आर्थिक वर्षभरि करिब १ हजार ४ राजनीतिक गतिविधिलाई व्यवस्थापन र सुरक्षाका लागि करिब २४ हजार १ सय ३५ प्रहरी परिचालन भएका थिए।

प्रकाशित मिति: : 2023-07-17 21:10:00

प्रतिकृया दिनुहोस्