फिफा महिला विश्वकप: ब्राजिल फ्रान्ससँग पराजित

फिफा महिला विश्वकप फुटबलमा फ्रान्सलले ब्राजिललाई हराएको छ।

शनिबार अष्ट्रेलियाको ब्रिसबेनस्थित सनकोर्प स्टेडियममा भएको खेलमा ब्राजिल फ्रान्ससँग २- १ गोलले पराजय भएको हो। फ्रान्सको लागि खेलको १७औँ मिनेटमा सोमरले गोल गरेर फ्रान्सलाई अग्रता दिलाएकी हुन्। त्यस्तै, खेलको ८३औं मिनेटमा कप्तान बेन्डी रेनार्डले गोल गरेर फ्रान्सलाई सफलता दिलाइन्।

उता, ब्राजिलको लागि खेलको ५८औं मिनेटमा ओलिभिराले गोल गरिन् । यस जितसँगै अपराजित रहेको फ्रान्सले दुई खेलमा ४ अंक जोडेर समुह ‘एफ’ को शीर्षस्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2023-07-29 18:00:00

प्रतिकृया दिनुहोस्