ध्रुब बस्याल
मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरू भएकाे छ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्न थालिएकाे हाे।
यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो। यसरी छुट्याइएको सुन ६० किलो सात सय ८९ ग्राम तौल रहेको छ। गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ।
सुन गाल्ने काम सकिएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए। त्यसका लागि केही दिन लाग्नेछ। त्यसपछि मात्रै सुन कति छ र कुन गुणस्तरको हो भनेर पत्ता लाग्नेछ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते सिनामङ्गलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार कार्यालय अगाडिबाट सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो। त्यसपछि उक्त सुनसहितको ‘ब्रेक सु’ टक्सार महाशाखामा राखिएको थियो।











पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया