पाठेघर मुखको क्यान्सर छेक्ने एचपीभी खोप के हो?

मिनु गोले

काठमाडौं

सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र वार्षिक बजेटमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप दिने घोषणा गर्छ। तर, पाँच वर्षदेखि घोषणा हुन थाले पनि खोप कार्यक्रमको कार्यान्वयन सधैं अधुरो हुन्छ।

विगतका वर्षझैं सरकारको आगामी आर्थिक वर्ष २०७९ र ८० मा नीति तथा कार्यक्रममा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिइने कार्यक्रम समेटिएको छ। गत महिनामा पनि विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सरको खोप वितरण निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ। तर, जुन खोप नेपालका नागरिकहरूलाई लामो प्रक्रियापछि चीनबाट ल्याएको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अपुग रहेको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले विगतमा एचपीभी खोपलाई राष्ट्रिय खोप कार्यक्रम समावेश गर्न सरकारले स्रोत छुट्ट्याइएको भएपनि खोप उपलब्ध हुन नसकेको बताएका छन्। 

‘युरोप र अमेरिकाका दुई कम्पनीले खोप उपलब्ध गराउन सकेनन् मागभन्दा न्यून उत्पादन भएको र अन्तर्राष्ट्रिय बजारमा अभाव भएको छ र आर्थिकका कारणले पनि खोप उपलब्ध हुन सकेनन् सरकारले स्रोत छुट्याए पनि खरिद हुन सकेन,’ अहिलेको निःशुल्क दिने खोप निकै कम आएकाले सीमित संख्यालाई मात्रै खोप दिन थालिएको लालले जानकारी दिएका छन्।

‘सीमित खोप मात्रै आएको छ, त्यसैले यसलाई हामीले ठाउँ हेरि आवश्यक ढंगले प्रदान गर्न लागेका छौँ,’ उनले भने, ‘यो खोप सातै प्रदेशका तथा संघीय अस्पतालबाट लगाइन्छ। जो सुरुमा लाइनमा आउँछ उसैले खोप लगाउन पाउँने छन्, यसमा विभेद हुँदैन।’ उनकाअनुसार नौ हजार पाँच सय जनामा लगाइने खोप सातै प्रदेशलाई भाग लगाइएको छ। तर, सातै प्रदेशमा खोप पठाएपनि त्यहाँका थोरै बालिकाले मात्रै यो खोप लगाउन पाउनेछन्।

एचपीभी १४ र १५ वर्षकाले ७१ प्रतिशतभन्दा बढी क्यान्सर गराउँछ। ‘त्यसैले बालिकाहरूको सक्रिय यौन जीवन शुरु हुनुभन्दा अघि नै अर्थात् १४ देखि १५ वर्ष उमेरको बिचमा एचपीभीको संक्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभीविरुद्धको खोप दिनुपर्ने भनिएको हो,’ बिहीबार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संञ्चार केन्द्रको सभाहल कार्यक्रममा विश्व स्वास्थ्य संगठनका महाशाखा प्रमुख अभियन गौतमले उठान गरेका थिए।

नेपालमा क्यान्सरमध्ये पाठेघर मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ। नेपालमा तीन जना पाठघर क्यान्सरले दुई जनाको मृत्यु देखेको गौतमले बताएका छन्। कार्यक्रमा गौतमले भने, ‘नेपालमा २०२० तथ्याङ्काअनुसार पठेघर मुखको क्यान्सरले नेपालमा पहिलो नम्बरमा रहेको छ।’ ग्लोबल क्यानको तथ्याङ्कअनुसार नेपालमा पाठेघर मुखको क्यान्सरले प्रत्येक दिन तीन जनाको मृत्यु हुने गर्छ।

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणले गर्दा हुने डा. गौतमको भनाइ छ। उनकाअनुसार ९५ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा’ भाइरसको सङ्क्रमणले हुन्छ।

‘कलिलो उमेरमा विवाह, सानै उमेरमा यौनसम्पर्क, एक वा सोभन्दा बढी पुरुषसँग यौनसम्पर्क गर्ने, बढी सन्तान जन्माउने, खानपानमा ध्यान नदिने, कुपोषण भएका र धूमपान गर्ने महिला पाठेघरको क्यान्सरको जोखिममा हुन्छन्,’ गौतमले भने।

दिगो विकासमा हेर्ने हो भने ६४ देशले एचपीभी खोप सञ्चलन गरेका छैनन् भने यसभित्र नेपाल पनि पर्छ।

एचपीभी खोपले के गर्छ ?

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ। एचपीभी भाइरसविरुद्धको खोप भएकाले भाइरस शरीरमा छिर्नुभन्दा अगाडि लगाएमा मात्रै प्रभावकारी हुने गर्छ।

कस्ता लक्षणहरू देखा पर्छन् ?

यसले महिलाहरूको पाठेघरको मुखमा क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्ग क्यान्सरसमेत गराउन सक्दछ।

सुरुको अवस्था धेरैजसोमा लक्षण र चिन्हहरू देखिँदैन र अन्तिम अवस्थामा मात्र पहिचान हुन्छ। पछि गएर तल्लो पेट दुख्ने अनियमित रुपले रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने रक्तअल्पताजस्ता लक्षणहरू देखिन्छन्।

किन लगाउने खोप ?

नेपालमा महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख बनेको छ।

२०२२ को तथ्याङ्कअनुसार त्यस समयमा २ हजार २४४ महिलामा पाठेघरको मुखमा क्यान्सर लागेको पुष्टि भएको थियो। ह्युमन प्यापिलोमा भाइरसबाट लाग्ने पाठेघरको क्यान्सरका कारण विश्वभर बर्सेनि ३ लाख महिलाको मृत्यु हुने गर्छ।

एक अध्ययनकाअनुसार एचपीभी खोपले ९५ प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिमलाई घटाउँछ।

डा. गौतमकाअनुसार शरीरमा भाइरस आउनुभन्दा अघि खोप लगाइने उमेर १४ वर्षदेखि १५ वर्ष तोकिएको छ। शारीरिक सम्पर्क हुनुभन्दा अगाडि नै यो खोप लगाउँदा उपयुक्ता हुन्छ।

नेपालमा ८० प्रतिशत पाठेघर मुखको क्यान्सर एचपीभी प्रजाती १६ र १८ वर्षकाे उमेरबाट भएको देखिन्छ भने पुरुषभन्दा महिलामा बढी देखिन्छ।

प्रकाशित मिति: : 2023-09-13 08:54:00

प्रतिकृया दिनुहोस्