शुक्रबार, ११ जुलाई २०२५

रवि लामिछानेसँग सहीद परिवारको आग्रह- देश बेचिनबाट जोगाइदिनुस् (भिडियो)

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2023-09-21 11:23:00
News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माओवादी जनयुद्धमा ज्यान गुमाएका सहीद परिवारसँग भेट गरेका छन्।

पार्टीको दस्तावेज निर्माणका क्रममा जन आवाज सुन्न राल्पाको थबाङ पुगेका सभापति लामिछानेले सहीद परिवारलाई भेटेका हुन्।

भेटका क्रममा सहीद तेजमान घर्ती (दीर्घ) की छोरी राखी घर्तीले रूँदै देश बेचिनबाट बचाइदिन आग्रह गरेकी थिइन् ।

यहाँबाट चुनाव जितेर जानेहरू फर्किएर खासै आउने नगरेको भन्दै गुनासो गरिन्। रोल्पाबाटै चुनाव जितेर गएका वर्षामान पुन आउन गरेपनि त्यति वास्ता नगर्ने बताइन्।

घर्तीले रविसँग नेताहरू देखाएको आश्वास पूरा नगरेका गुनासो पोखिन्। उनले रविलाई एमसीसीको बारेमा बोलिदिन भन्दै खारेजीको लागि पहल गर्न आग्रहसमेत गरिन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?