बिएल संवाददाता
घानाको माथिल्लो पूर्वी क्षेत्रमा बसमा सवार अज्ञात बन्दुकधारीको समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका छन्।
पुसिगा जिल्लाका प्रमुख प्रशासक जुबेइरु अब्दुलाईका अनुसार माथिल्लो पूर्वी क्षेत्रको अशान्त सहरी समुदाय बावकुबाट छिमेकी बुर्किना फासोको बजार केन्द्रतर्फ जाँदै गर्दा आक्रमण भएको हो।
अब्दुलाईले भने, बावुकु र आसपासका क्षेत्रमा सशस्त्र आक्रमणका कारण प्रहरीको सुरक्षामा गाडीहरू चलाइएको र ती गाडीहरूमा केही ब्यापारीसमेत रहेका थिए।
सुरक्षा गस्तीसहित चलाइएका बसमा अज्ञात बन्दुकधारीहरूले पुसिगाको नजिकै बसहरूमा एक्कासी गोली चलाउँदा नौ जनाको मृत्यु भएको थियो र अन्य केही घाइते भएका थिए।
अब्दुलाईका अनुसार सुरक्षा निकायले द्रुत गतिमा जवाफी कारबाही गर्दै आक्रमणकारीको खोजी सुरु गरेको छ भने सुरक्षा व्यवस्था कडा बनाएको छ।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया