बिएल संवाददाता
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्र बलियो बन्नका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्ने बताएका छन्।
नेपाली काँग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा महामन्त्री शर्माले भने, 'गणतन्त्र बलियो बन्नका लागि थुप्रै राम्रा कामहरू चाहिन्छन्। त्यसका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नु पनि अनिवार्य र महत्त्वपूर्ण कार्य छ। आममाफी दिने गरी सरकारले गरेको पछिल्लो निर्णयले राष्ट्रपतिलाई आलोचित बनाएको छ, सरकारले गरेको कामले राष्ट्रपति संस्थालाई आलोचित बनाउँदा मानिसमा वितृष्णा बढ्छ।'
पार्टीका नेताको कार्यशैलीलाई बदल्दै समाजको वितृष्णालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले समुदायको सद्भावलाई अझै बलिलो बनाउमा जोड दिएका छन्। बैठकमा भएका निर्णयलाई स्वामित्वबोधका साथ जाने गरी हुने विश्वास व्यक्त गर्दै महामन्त्री शर्माले व्यवस्थामा सुधार गर्नुपर्ने धारणा राखेका छन्।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया