 
                                            
                                        
                                     
                                ध्रुब बस्याल
 
                                जनमत पार्टीका सांसद तथा पूर्वमन्त्री अब्दुल खानले सरकारसँग स्पष्ट नीति नहुँदा र आमनागरिकको जनजीवनलाई ख्याल नगर्दा बजारमा महँगीलगायत समाजमा भाँडभैलो मच्चिएको बताएका छन्।
बिएल नेपाली सेवासँगको कुराकानीमा खानले चाडपर्वको मुखैमा उपभोक्ताले हरेक उपभोग्य वस्तुको चर्को मूल्य तिर्नुपर्ने बाध्यतालाई सरकारले नजरअन्दान गरिरहेको पनि बताए।
पार्टीका उपाध्यक्षसमेत रहेका खान संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति पनि हुन्।
%20copy%20fine.jpg) अहिले बजारमा हरेक वस्तुको मूल्य आकाशिएको छ। व्यापारीले मनोमानी ढंगले उपभोग्य वस्तुको मूल्य बढाइरहँदा पनि त्यसको नियन्त्रणका लागि सरकारले कुनै कदम चालेको छैन। मन्त्रालयको मातहतमा हुनेगरेका ‘कर्मकाण्डी’ अनुगमनबाहेक सरकारले त्यसमा कुनै कारबाहीको नीति ल्याएको छैन।
अहिले बजारमा हरेक वस्तुको मूल्य आकाशिएको छ। व्यापारीले मनोमानी ढंगले उपभोग्य वस्तुको मूल्य बढाइरहँदा पनि त्यसको नियन्त्रणका लागि सरकारले कुनै कदम चालेको छैन। मन्त्रालयको मातहतमा हुनेगरेका ‘कर्मकाण्डी’ अनुगमनबाहेक सरकारले त्यसमा कुनै कारबाहीको नीति ल्याएको छैन।
यसबारेमा समितिले पटक-पटक सम्बन्धित मन्त्रालय तथा मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि छलफल गरिसकेको छ। छलफलपछि सरकारले तत्काल कदम चाल्न पनि निर्देशन दिइरहेको छ।
‘तर, हाम्रो निर्देशनलाई सरकारले बेवास्ता गरिरहेको छ’ खान भन्छन्, ‘कर्मचारीतन्त्रले देश चलाइरहेको छ। पार्टीका नेता वा मन्त्रीहरूले भनेको कसैले मान्दैनन्।’
%20copy%20fine%201.jpg) यसअघि खान करिब २ महिनाजति खानेपानीमन्त्री भएका थिए।
यसअघि खान करिब २ महिनाजति खानेपानीमन्त्री भएका थिए।
‘सरकारको आफैँ स्पष्ट छैन। बजारमा व्यापारीहरूकै मनोमानी छ। हामीले भनेअनुसार हुँदैन। नेता वा मन्त्रीले मूल्य तोक्ने कुरा पनि हुँदैन’, खान भन्छन्, ‘त्यसका लागि कार्यकारी ठाउँमा रहेकाहरूले नीति नियम बनाउने र निर्देशन दिने हो। सरकारले त्यतातिर कदम चालेको छैन।’
उनले सामान्य पार्टी वा उसका सांसदहरू मन्त्री हुँदैमा काम गर्ने तरिका बदल्न नसकिएको अनुभव पनि सुनाए।
‘सबै कुरा हामी (मन्त्री, सांसद)हरूले चाहेजस्तो, भनेजस्तो हुँदैन। कर्मचारीहरूले नै चलाइरहेका हुन्। हामी मन्त्री त सिक्दा सिक्दै कतिबेला पद जान्छ थाहै हुन्न। त्यही भएर कर्मचारीहरूले पनि भनेको मान्दैनन्’, खानले भने, ‘जब सरकार कमजोर हुन्छ, सरकारको निर्णय प्रक्रियाहरू अनि कामकारबाही कमजोर हुन्छन्। अनि अर्थतन्त्र कमजोर हुन्छ। त्यसैले देशमा यस्तो अवस्था आउँछ।’
सांसद खानसँग गरिएकाे भिडियाे :
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया